Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठखेलदुई पटकको च्याम्पियन वेस्ट इन्डिज पहिलो पटक एकदिवसीय विश्वकप बाहिर

दुई पटकको च्याम्पियन वेस्ट इन्डिज पहिलो पटक एकदिवसीय विश्वकप बाहिर


काठमाडौँ । वेस्ट इन्डिजले २०२३ को एकदिवसीय विश्वकप गुमाउने भएको छ । सुपर सिक्स अन्तर्गत स्कटल्यान्डसँग शनिबार भएको खेलमा पराजित भएसँगै दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिज पहिलो पटक विश्वकप गुमाउन पुगेको हो ।

जिम्बावेमा जारी विश्वकप छनोटमा सुपर सिक्सबाट शीर्ष दुईमा रहने टिममात्र छनोट हुने भएकाले वेस्ट इन्डिज शनिबारको खेलमा पराजित भएसँगै छनोट चरणबाटै बाहिरिएको हो । वेस्ट इन्डिजले टी–२० विश्वकपको समेत दुइपटकको विजेता हो ।

वेस्ट इन्डिजले सुरुवाती दुई विश्वकप जितेको थियो । उसले १९७५ र १९७९ को विश्वकप जितेको हो । साथै १९८३ मा उपविजेता समेत बनेको थियो ।

वेस्ट इन्डिज एकदिवसीय सुपर लिगमा नवौं स्थानमा रहेपछि एकदिवसीय विश्वकप छनोटमा धकेलिएको थियो । एकदिवसीय सुपर लिगमा शीर्ष ८ टिमले सोझै विश्वकपमा स्थान बनाउने गरेका छन् । १० टिमबिच एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता हुने गरेको छ ।

जित्नै पर्ने दबाब रहेको खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३.५ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटिन पुग्यो । उसका लागि ज्यासन होल्डरले ४५ रन, रोमारियो सेफर्डले ३६ रन बनाउँदा निकोलस पुरनले २१ रन बनाए । त्यस्तै, साइ होपले १३ रन बनाएका थिए ।

स्कटल्यान्डले ३९ बल बाँकी हुँदै ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । उसका लागि म्याथ्यु क्रसले सर्वाधिक ७४ रन बनाउँदै अविजित रहँदा ब्रान्डन म्यामुलेनले ६९ रन बनाए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल इन्जिनियरिङ कलेजमा खेलकुद सप्ताह सुरु

काठमाडौँ । ‘खेलौं रमाऔं खेलकुद उत्सव मनाऔं’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरमा खेलकुद सप्ताह सुरु भएको छ

नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारको दुई राष्ट्रिय कीर्तिमान

काठमाडाैँ । ललितपुरमा चलिरहेको प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अजलकाजी ताम्राकारले दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले पुरुष

ह्वीलचेयर बास्केटबलको उपाधि एपीएफ र सुदूरपश्चिमलाई

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत ह्वीलचेयर बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्

कुमार राई यु-२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौँ । कुमार राईलाई यु–२० महिला राष्ट्रिय भलिबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेदारी दिइएको छ । नेपाल भलिबल संघ (एनभिए) ले

पेरिस पारा ओलम्पिकमा भीमबहादुर कुमालले पाए ‘वाइल्ड कार्ड’

काठमाडौँ । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारा ओलम्पिक २०२४ खेल्ने भएका छन् । पारा ओलम्पिक फ्रान्सको पेरिसमा

सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’

काठमाडौँ । सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ बेस्ट फाइटरको अवार्ड जितेकी छन् । भारतको

Techie IT