News | Tag: Bhaktapur

टोलटोलमा घुमाएर भक्तपुरमा राक्षस मारियो

2 years ago

भक्तपुर । प्रत्येक श्रावण कृष्ण चतु्र्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठामङ्गल पर्व बिहीबार भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्याएर जलाएर पर्व मनाएको हो ।

भक्तपुरमा दुर्घटनामा परेको कारमा मोटरसाइकल ठोक्कियो, एकको मृत्यु तीन घाइते

2 years ago

भक्तपुर । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौंबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको छ ।

बर्षाको कारण भक्तपुरको यी स्थानमा सडक अवरुद्ध

2 years ago

काठमाडौं । अविरल बर्षाको कारण भक्तपुरको हनुमन्ते खोलामा गएराती पानीको वहाव बढ्दा भक्तपुरको विभिन्न स्थान जनमग्न भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार भक्तपुरको दुवाकोट, दक्षिणी बेल्ट, राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्टे, ब्रम्हयाणी, नगरकोट जाने नयाँबाटो लगायतका क्षेत्र जलमग्न भएको हो ।

भक्तपुरमा भूकम्प पीडितको अस्थायी टहरो भत्किदा एकै परिवारका ३ जनाको मृत्यु

2 years ago

भक्तपुर । सुतिरहेको बेला घर भत्किदा भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला घर भत्किएर च्यापिँदा हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । मृत्यु हुनेमा ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र थिमि डुबानमा

2 years ago

भक्तपुर । गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुरमा चालकको मृत्यु

2 years ago

काठमाडौं । ट्रिपरको ठक्करबाट भक्तपुरको सानोठिमीमा स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएपछि सिन्धुपाल्चोक सेलाङ ६ स्थायी घर भएका ४८ वर्षीय चेत बहादुर थापा गम्भीर घाइते भएका थिए ।

भक्तपुरमा दुर्घटना १ जनाको मृत्यु १ गम्भीर घाइते

2 years ago

काठमाडौं । भक्तपुरको सल्लाघारीमा आज बिहान मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्।

Page 2 of 2

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।