News | Tag: Dead
विष सेवनबाट एक जनाको मृत्यु, दुई जनाको अवस्था गम्भीर
2 years agoडोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने रल्ली गाउँमा विष सेवनबाट एकजनाको मृत्यु भएको छ भने दुईजना अचेत अवस्थामा छन् । मृत्यु हुनेमा ३२ वर्षीय सुकलाल कुलाल रहेका छन् भने मृतक सुकलालकी २७ वर्षीया श्रीमती विन्दु कुलाल र २८ वर्षीया श्रीमती रुप्सी कुलाल अचेत अवस्थामा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।
थ्रेरसिङ गर्ने क्रममा पट्टामा बेरिएर पूर्व राष्ट्रिय खेलाडीको घटनास्थलमै मृत्यु
2 years agoकञ्चनपुर । फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थे्रसिङ गर्ने क्रममा गए राति निधन भएको छ ।
अष्ट्रेलियामा क्वारेन्टाईनमा बसिरहेका एक व्यक्ति मृत फेला
2 years agoसिड्नी । अष्ट्रेलिया प्रवेश गर्नेले अनिवार्य १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने नियम रहेको छ । विदेशहरु त अष्ट्रेलिया आउन पनि पाउँदैनन् । यसैबीच, विदेशबाट आएर मेलबर्नको एक प्रतिष्ठित होटलमा क्वारेन्टाईनमा बसिरहेका एक व्यक्ति शनिबार मृत फेला परेका छन् । प्रहरीले उनको मृत्युलाई शंकास्पद नभएको बताएसँगै उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ ।
फिनल्याण्डमा कोभिड–१९ को सङ्क्रमणका कारण पहिलो व्यक्तिको मृत्यु
3 years agoएजेन्सी । फिनल्याण्डले शनिबार कोरोना भाइरस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको जानकारी गराएकोे छ ।
चट्याङ लागेर २३ वर्षीय विजय स्याङ्तानको मृत्यु
3 years agoकाठमाडौँ । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ ।
पूर्वसभासद् घिमिरे मृत अवस्थामा फेला परेपछि...
3 years agoकाठमाडौँ । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।
करेन्ट लागेर एक जना पैदलयात्रीको घटनास्थलमा मृत्यु
3 years agoसिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जना पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन
3 years agoएजेन्सी । न्युजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ ।
चर्चमा भएको भागदौडका क्रममा २० जनाको मृत्यु
3 years agoएजेन्सी । चर्चमा भएको आकस्मिक भागदौडका क्रममा तान्जानियामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
भरतपुरमा भएको सवारी दुर्घटनाः घाइतेमध्ये दुई जनाको मृत्यु
3 years agoभरतपुर । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Page 1 of 10
पर्यटन
एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
जीवनशैली
खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।