News | Tag: Dead

माछा मार्न जाँदा ज्यानै गयो

4 years ago

रत्ननगर, चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवन राष्ट्रिय निकुञ्ज नजिकैको राप्ती नदीमा डुबेर सोही ठाउँमा ६३ वर्षीय बमबहादुर बलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु

4 years ago

सुरुङ्गा, झापा । झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा स्मालय भनिने नीरज अधिकारीको आफनै घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको हो । दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा झरेर डुबेको प्रहरीले जनाएको छ ।

द्वन्द्वका कारण यमनमा ३ वर्षमा २२ सय बालबालिका मारिए

4 years ago

जेनेभा । यमनमा भएको द्वन्द्वका कारण हालसम्म २ हजार २ सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ। संयुक्त राष्ट्रसंघीय निकायले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा ३ वर्षदेखिको द्वन्द्वका क्रममा यति ठूलो संख्यामा बालबालिका मारिएको उल्लेख छ।

दिसा गर्न जाँदा नहरमा डुबेर एक जनाको ज्यान गयो

4 years ago

इनरुवा । कोसी गाउँपालिका–८ भण्टाबारीमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कोकन साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दिसा गर्नका लागि गएको बेला सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए।

जापानमा चक्कु र गोली प्रहारबाट दुई जनाको मृत्यु

4 years ago

टोकियो । जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ। एक जना आक्रमणकारी प्रहरी अधिकारीलाई चक्कु प्रहार गरी उनको बन्दुक खोसेर भागेका थिए भने अर्को स्थानमा निम्न माध्यमिक विद्यालयका एक सुरक्षा गार्डमाथि गोली हानिएको छ। गोली लागेका ६८ वर्षीय सुरक्षा गार्डको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ।

डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु

4 years ago

बैंकक । थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

कोरियामा एक नेपालीको मृत्यु

4 years ago

काठमाडौं । दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।

Page 10 of 10

पर्यटन

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।