News | Tag: arrested

काठमाडौं उपत्यकाबाट तीन दिनमै ९१ जना पक्राउ

3 years ago

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा उपत्यकामा प्रहरीले सक्रियता बढाएको छ। अपराध हुने सम्भावित ठाउँमा सादा पोसाकमा प्रहरी खटाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

कुटपिट गरी फरार अभियुक्त चुच्चेपाटीबाट पक्राउ

4 years ago

साँखु । फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ । मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्तलाई काठमाडौँ चुच्चेपार्टीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । पक्राउ पर्नेमा मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङ रहेका छन् ।

विमानस्थलमा पक्राउ १६० श्रमिक रिहा

4 years ago

अङ्कारा, टर्की । इस्तानबुलको तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका ६०० जनामध्ये १६० जनालाई आइतबार रिहा गरिएको छ ।

हतियारसहित एक भारतीय नागरिक पक्राउ

4 years ago

वीरगञ्ज । हतियारसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेको छ । भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसहित पर्सा बिन्ध्यवासिनी गाउँपालिका–३ अमरपट्टिबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

नक्कली भारु सहित दुई भारतीय पक्राउ

4 years ago

बनियानी, झापा । पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको हो ।

कपनबाट दुई मोटरसाइकल चोर पक्राउ

4 years ago

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ग१३प ३९८५ र बा७७प ५५५५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न धादिङका २० वर्षीय विशाल घिमिरे र रामेछापका १९ वर्षीय शत्रु तामाङलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

गोंगबुबाट अवैध लागुऔषधसहित एक पक्राउ

4 years ago

काठमाडौं । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले काठमाडौं महानगरपालिका वडा नं २६ गोँगबुबाट लागुऔषधसहित मकवानपुरका ५० वर्षीय विष्णु क्षेत्रीलाई आइतबार पक्राउ गरेको हो ।

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

4 years ago

काठमाडौं । मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ ।

फरार अभियुक्त पक्राउ

4 years ago

नवलपरासी । स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमतीको अश्लिल भिडियो बनाउने श्रीमान पक्राउ

4 years ago

एजेन्सी । हैदराबादमा एक सफ्टवेयर इन्जिनियरले आफ्नै श्रीमतीलाई थाहा नदिई सेक्स भिडिया बनाइ पोर्न साइटमा अपलोड गरेको आरोप लागेको छ ।

Page 4 of 5

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।