News | Tag: nepal
तीन दिन देशैभर वर्षाः नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
4 years agoकाठमाडौँ । आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतीयले बन्धक बनाएका कञ्चनपुरका १५ जना नागरिक नियन्त्रण मुक्त
4 years agoकञ्चनपुर । कञ्चनपुर बेलडाँडी गाउँपालिका–३ बैवाहबाट नियन्त्रणमा लिएका १५ जना नेपाली मंगलबार साँझ मुक्त भएका छन् । सोमबार बैवाहका स्थानीय बासिन्दाका दुई जोर राँगा भारतीयले चोरी गरेर लगेपछि नेपालीले पिछा गर्दै भारतीय क्षेत्रमा राँगा भेटाएपछि भारतीय मञ्जित सिंह, गुरुसेवक र सतनाथलाई कुटपिट गरेपछि उत्पन्न विवादले चर्को रुप लिएपछि ठूलो हुलमा आएका भारतीयले नेपाली बस्तीमा छिरेर नेपालीमाथि कुटपिट गर्दै १५ जनालाई नियन्त्रणमा लिई भारतको कम्पोजनगरतर्फ लगेका थिए ।
आजबाट यी कुराहरुमा थपियो करको भारी
4 years agoकाठमाडौं । आजबाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै बिभिन्न किसिमका सामानहरुमा अन्तशुल्क बढेको छ । सरकारले जेठ १५ गते गरेको बजेट भाषणमा उल्लेख गरेका केही प्रावधान जेठ १६ गतेदेखि नै लागू भएपनि धेरैजसो प्रावधान भने आजबाट लागू भएको छ ।
श्रीमतीबाट पीडित श्रीमानले पनि सम्बन्ध विच्छेदको निवेदन दिन पाउने
4 years agoकाठमाडौं । के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर श्रीमतीले पनि सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ?
बुहारीलाई छोरी बनाएर अन्माए
4 years agoसुरुङ्गा, झापा । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए ।
वरिष्ठ नेता नेपाल चीन प्रस्थान
4 years agoकाठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा
सरकारले हरेक नेपालीलाई जलविद्युत् आयोजनाको मालिक बनाउने
4 years agoकाठमाडौं । सरकारले हरेक नेपाली नागरिकलाई शेयर दिने गरी केही महत्वपूर्ण आयोजना छनोट गर्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा जनताले शेयर लगानी गर्न सक्ने गरी आयोजनाको क्षमता निर्धारण गरेको हो । जनताको शेयर लगानी रहने गरी ७२५ मेगावाटको माथिल्लो अरुण, ४०० मेगावाटको तल्लो अरुण, १०० मेगावाटको तामाकोसी पाँचौँ, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, २१० मेगावाटको सेती चैनपुर,
पहाडको पहिरो र मधेसमा बाढीले १ दर्जनको मृत्यु
4 years agoकाठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन्। सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ। पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ।
दीपज्योति स्कुलनजिकैको सडकमा १ लाख ५५ हजार भेट्टाएपछि...
4 years agoकाठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको १ लाख ५५ हजार रुपैयाँ भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ। प्रभागले शनिबार दिउँसो १ बजे गोंगवुस्थित दीपज्योति स्कुलनजिकै सडकमा हराएको रकम फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो। उक्त रकम प्रभागका प्रमुख मोहनबिक्रम केसीले नुवाकोट घर भई हाल टोखा नगरपालिका बस्ने श्रीकृष्ण तामाङलाई प्रदान गरे।
नेपालको संगीत रोयल्टी अवधारणा विश्वकै नमूना
4 years agoकाठमाडौं । दक्षिण एशिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताले नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति नवीनतम् रहेको बताएका छन् ।
Page 11 of 12
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।