Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठबिचार‘नेता र तिनका कार्यकर्ताले बनाए देश ‘ध्वस्त’’

‘नेता र तिनका कार्यकर्ताले बनाए देश ‘ध्वस्त’’


राजनीति देश र जनताको सेवा हो । राजनीतिमा लाग्ने व्यक्ति त्यागी हुनुपर्छ । ऊ आफ्नो व्यक्तिगत स्वार्थ छोडेर देश र जनताको सेवामा खटिनुपर्छ । देशको भूभागको रक्षा गर्नेदेखि विकास गर्नेसम्म नेताकै काँधमा हुन्छ । नेताले चाह्यो भने देशमा विकासको मूल फुटाउन सक्छ ।
यसको उदाहरण हामीले धेरै देशलाई मान्न सक्छौं । ऐनकानुन बनाउने जिम्मा पनि नेताकै हो । कर्मचारीले कहिले पनि देश बनाउँदैन् । ऊ जति नै ठूलो पदमा पुगेको होस् या जतिसुकै पढेको होस्, उसले देश बनाउन सक्दैन् । कर्मचारीको सोच तलब, सेवासुविधा, देशविदेश भ्रमण र घुसमै केन्द्रित हुन्छ ।

व्यापारीले पनि कहिले देश बनाउन चाहँदैन् । जसरी हुन्छ राज्यलाई कर छल्ने, उपभोक्तालाई मँहगोमा सामान बेचेर ठग्ने । राजनीतिक परिवर्तन गर्न नेताले भूमिका खेले, जनताले साथ दिए । जसका कारण व्यवस्था परिवर्तन गर्न सफल भइयो । तर, पछिल्लो समय नेताको परिभाषा बद्लिँदै गएको छ ।

देश र जनताको हितमा काम गर्न छोडेर नेताहरु व्यक्तिगत स्वार्थमा रमाउन थाले । उनीहरुलाई घर, गाडी, जग्गालगायतका तमाम सेवासुविधा चाहियो । सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्नमै उनीहरु कन्द्रित भए । उनीहरुले जनताको होइन्, घरपरिवार र कार्यकर्ताको आवाज सुन्न थाले ।

पहिलेपहिले राजनीतिलाई समाजसेवा भनिन्थ्यो । अहिले त यो व्यापार भयो । राजनीति आडमा जे मनलाग्यो त्यही गरिदिन्छन् । सरकारी, गुठीको जग्गा कब्जा गर्ने, व्यक्तिको नाममा लैजानेमा राजनीतिक दलकै हात छ । एनजिओ पनि राजनीतिक दलकै नेताहरुले सञ्चालन गरेका हुन् । निजी अस्पताल, स्कुलमा तिनकै लगानी छ । बैंक तथा वित्तिय संस्था पनि राजनीतिक दलकै हो । ठूल्ठूला होटल, रेष्टुरेण्ट पनि तिनकै हो । खेतीयोग्य जमिन प्लानिङ्ग गर्ने, खण्डीकरण गर्नेमा राजनीतिक दलकै हात छ । अटो व्यवसायदेखि सेयर व्यवसायसम्म राजनीतिक दल संलग्न छन् ।

विदेश पठाउने अधिकांश म्यानपावर र कन्सल्टेन्सी पनि राजनीतिक दलले सञ्चालन गरेका छन् । व्यापारिक मलहरुमा पनि राजनीतिक दलको लगानी छ । देशभरको बाटो कब्जा गरेर गाडी हाल्ने धनीसँग लाखौं रुपैयाँ असुल्छन्, यातायात व्यवसायी । त्यो पैसा राजनीतिक दलहरुसम्म पुग्ने गरेको छ ।

विभिन्न क्षेत्रमा सिण्डिकेट लगाउनमा राजनीतिक दलकै योगदान छ । आफ्नो फाइदाका लागि राजनीतिक दलले पर्दाभित्र बसेर सिण्डिकेटलाई मलजल गरिरहेका छन् । चर्चित क्यासिनो, दोहोरी साँझ, डान्सबार, नाइट क्लबहरुमा पनि नेताहरुले लगानी गरेका छन् । कतिपय ठेकेदार कम्पनी राजनीतिक दलले नै सञ्चालन गरेका छन् ।

नाम सरकारी, काम पार्टीको कार्यकर्ता भर्ती गर्ने थलो ! लोकसेवाको नाममा आफ्नो पार्टीको कार्यकर्ता भर्ती गरेका छन् । नेपालमा जति गुण्डा छन्, तिनलाई राजनीतिक दलले नै सुरक्षा दिएका छन् । गुण्डाहरुले उठाएको पैसा नेताहरुको घरसम्म पुग्छ । देशको किसानहरु मारेर बाहिरबाट खाद्यान्न, तरकारी आयात गर्न प्रोत्साहन गर्ने यिनीहरु नै हुन् ।

कालिमाटी, तीनकुनेलगायत विभिन्न तरकारी बजारमा नेताहरुको लगानी छ । एउटा कबाडी कारखानामा त यिनीहरुको लगानी हुन्छ, अरु के कुरा गर्नु ? इन्स्योरेन्समा पनि यिनीहरुले लगानी गरेको पाइन्छ । केबलकार व्यवसायमा पनि नेताहरुले लगानी गरेका छन् । ईंट्टाभट्टा, क्रसर उद्योग त सबै नेताकै हो ।

मीटरब्याजमा पैसा लगानी गर्ने यिनीहरु नै हुन् । एक लाखको मासिक पाँच हजारदेखि ३० हजारसम्म ब्याज असुल्नेमा नेताहरुकै संलग्नता छ । पार्टी प्यालेस सञ्चालन गर्ने पनि नेताहरु नै हुन् । यिनीहरुकै लगानीमा पार्टी प्यालेस खुलेका छन् । वर्कसप, रिकण्डिसन, हाइड्रोपावरमा पनि नेताहरुले लगानी गरिराखेका छन् ।

सुन व्यवसायमा पनि नेताहरुले हात हालेका छन् । संघदेखि प्रदेशसम्मका वर्तमान सांसद हेरौं, तिनको पृष्ठभूमि केलाउने हो भने प्रायः दलाली हुन् । कुनै गुण्डा पेशाबाट आएका छन् । कुनै मान्छे मारेर आएर ‘हत्यारा’ हुन् । यस्ता दलालहरुले देशमा विकास गर्छु भन्नु एकदमै हास्यास्पद छ ।

जनता यति सोझा छन् कि के भन्ने ? यिनीहरुले देश सकाइसके, अझै यिनीहरुकै भाषण सुन्न जान्छन् । यहाँ ‘ठूलालाई चैन र साना ऐन’ को शासन व्यवस्था छ । ठूलाले मान्छे मारुन्, ठगुन्, मानव बेचबिखन गरुन्, भ्रष्टाचार गरुन्, कानुन लाग्दैन् । सानाले छिरिक्क बोल्यो मात्र भनेपनि लगेर कोचिहाल्छन् ।

जनता अझैपनि शिक्षित भइसकेका छैनन् । आफूलाई कसरी उल्लु बनाइराखेको छ भन्ने कुरा सर्वसाधारणले बुझेका छन् । सञ्चारकर्मी निष्पक्ष रुपमा राज्यको चौथों अंग बन्न सकेका छैनन् । यहाँ अधिकांश पार्टीका मिडिया छन् । जसका कारण समाजमा भएका बेतिथिहरु खुलेर बाहिर आउन सकेको छैन् ।

यस्ता नेताको ‘हाउडे’ गफको पछाडि लाग्दा आज देश तहसनहस बन्यो । नेपाल युवाविहिन देश बन्न पुगेको छ । हवाई कम्पनीमा राजनीतिक दलको लगानी, विदेश उडाउने म्यानपावरमा पनि । अनि यिनीहरुले देशमा रोजगारी सिर्जना गर्छन् ? सबैतिरबाट जनतालाई लुटेका छन्, यिनीहरुले ।

जनता कर तिरेका तिर्यै छन् । पहिलो कुरा त्यो कर गयो कहाँ ? विकासको कतै छिद्र पनि देखिँदैन् । आधारभूत भौतिक पूर्वाधारमा पर्ने सडक अझैपनि कतिपय जिल्लामा पुग्न सकेको छैन् । यता, विदेशी ऋण पनि निरन्तर उकालो लागिरहेको छ । आम सर्वसाधारणले स्थानीयदेखि संघसम्मका जनप्रतिनिधिलाई ‘दलाली’ भन्न थालेका छन् ।

वडाध्यक्षदेखि लिएर राष्ट्रपतिसम्मले राज्यको ढुकुटी लुटेका छन् । अचम्मको कुरा के भने, जनताले जति नै गाली गरेपनि यिनीहरुलाई अलिकति पनि लाज लागेको छैन् । एकातिर जनता यिनीहरुलाई गाली गरिरहेका छन्, अर्कोतिर यिनीहरु देशको जनताको गीत गाइरहेका छन् ।

हरेक क्षेत्रमा राजनीतिक दल र तिनका कार्यकर्ताले हात हालेका छन् । उनीहरुले जनतालाई पनि ठग्छन्, राज्यलाई राजस्व नतिरेर लुट्छन् । अनि आफैं सुकिलामुकिला भएर हिँड्छन् । कृष्णप्रसाद भट्टराई वालुवाटारबाट निस्किदा एउटा ट्यांका र छाता लिएर निस्किए । उनले व्यक्तिगत सम्पत्ति पनि जोडेनन् ।

अहिले त वडाध्यक्षले त रोपनीमा घर ठड्याएका छन् । सांसद, मन्त्रीहरुको त कुरै छोडौं । मनमोहन अधिकारीलाई आज पनि जनताले सम्झिन्छन् । उनी दिनमा जतिवटा कार्यक्रम भएपनि एउटै लुगा लगाएर जान्थे । अहिलेका नेताहरु कार्यक्रमपिच्छे लुगा फेरेर हिँड्छन् । देश र जनताका लागि नेता हुने एक जना पनि छैनन् ।

पाए देश नै बेचेर खाने खालका छन् । यिनीहरुले अझैपनि जनतालाई झुक्काइरहेका छन् । सबै युवालाई यिनीहरुले विदेशमा बेचे । पहिले सरकारले कुनै सामानमा एक रुपैयाँ मात्र मूल्यवृद्धि गर्यो भने जनता सडकमा आउथे । सरकार पछि हट्थ्यो । अब कसले सरकारलाई घच्घचाउँछ ?

यहाँ जनता नै छैनन् । सबै पार्टीका कार्यकर्ता मात्र छन् । यिनीहरुको विरोधमा अब को बोल्छ ? सहन सक्नेले सहन्छन्, नसक्नेले आत्महत्या गर्छन् । काम पाउँदैन्, ऋण लाग्छ तिर्न सक्दैन् । खान नपाएपछि आत्महत्या गर्छन् । नेताहरु आफ्नो धोक्रो भर्नतिर मात्र केन्द्रित भए ।
जसरी हुन्छ, सम्पत्ति जोड्ने ।

राजनीतिक दलको भर्ती केन्द्र लोकसेवा बनेको छ । भन्ने बेला राष्ट्रसेवक, कामचाँहि दलसेवक । सरकार अब रित्तो भइसकेको छ । सरकारसँग आम्दानीको स्रोत छैन् । कर्मचारी, ज्येष्ठ नागरिक, विदेशी ऋणको साँवाब्याज, सरकारी खर्च अब कसरी धान्ने ?

कलकारखाना त बन्द गरिहाले । अन्य देशबाट सामान ल्याएर बिचौलियाहरुले मँहगोमा बेचिरहेका छन् । हरेक क्षेत्रमा यही नै हो । आफ्नो उत्पादन भनौं केही छैन् । नेपाली भनेर चिनाउन एउटा नागरिकता र नेपाली रुपैयाँ छ । त्यो पनि केही समयपछि परिवर्तन हुन्छ । देश शिथिल भइसक्यो, जनताको आँखा कहिले खुल्छ ?




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उद्योगी राज्यलाई कर छल्ने, राजनीतिक दलहरु सहयोग गर्ने अनि सरकार…

काठमाडाैँ । विद्युत प्रयोग गर्ने तर महसुस भुक्तानी नगर्ने उद्योगीहरुको संख्या बढ्दो छ । सरकारले पटक—पटक महसुस भुक्तानी गर्न आग्रह

घरभाडा निर्धारण गर्ने काम कसको ?

काठमाडौँ । मुलुकमा तीन वटा सरकार छ, स्थानीय, प्रदेश र संघीय । तर, तीन वटै सरकारले घर भाडा निर्धारण गरेको

क्यास नबोक्नु मेरो गल्ती होर ?

हरेक दिन २ पटक यातायात व्यवस्था कार्यालय अगाडीकै बाटो हिँड्ने म लाइसेन्स रिन्यू गर्ने बेला भएको छ भन्ने थाहा हुँदाहुँदै

‘चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन’

जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ । शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी

कोप–२८ः चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

युएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते

संविधानले सम्झिएका सुशील र सुवास

नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर

Techie IT