Techie IT
२०८२ असार ३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनइतिहासमै पहिलो पटक इन्द्र जात्राको अवसरमा वडा नं १ मा सांस्कृतिक कार्यक्रम हुने

इतिहासमै पहिलो पटक इन्द्र जात्राको अवसरमा वडा नं १ मा सांस्कृतिक कार्यक्रम हुने


ललितपुर । इन्द्र जात्राको अवसरमा असोज ११ र १२ गते ललितपुर महानगरपालिका १ वडा भवन परिसरमा हुन गईरहेको विविध सांस्कृतिक कार्यक्रमलाई नेपाल पर्यटन वोर्डले सहयोग गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीका अनुसार बोर्डको बार्षिक योजनामै इन्द्र जात्रा सञ्चालनको लागि सहयोग स्वरुप बजेट छुट्टाउने बताए ।

मानव सभ्यताको महत्व बोकेको बागमती नदिको किनारमा अवस्थित ललितपुर महानगरपालिका १ वडा कोपण्डोल क्षेत्रमा इतिहासमै पहिलो पटक इन्द्र जात्रा मनाउन लागिएको हो ।

यस कार्यक्रमका संयोजक विवेक तण्डुकारले जात्रा व्यवस्थापन तथा सञ्चालनको लागि करिब सबै तयारी पुरा भएको बताए । उनले संस्कृति सम्पदा प्रेमी सम्पूर्ण नागरिकहरुलाई सपरिवार सहित आफन्त, इष्टमित्र र छरछिमेकी सबै उपस्थित भइ कार्यक्रमको गरिमा बढाइदिनु हुन अनुरोध गरेका छन् ।

इन्द्रजात्राको शुभ अवसरमा आयोजित यस कार्यक्रममा विभिन्न देवी देवताको नृत्य हुनेछ । आगामी आश्विन ११ गते विहिबार २ बजेर ३० मिनेट देखि कोपुण्डोलमा अवस्थित पवित्र बागमती किनारको धार्मिक स्थल चारधाम मन्दिर र वडा कार्यालयको बीच भागमा यस कार्यक्रम सञ्चालन हुनेछ ।

जात्राका रोचक पक्षः
महाकाली नाच , मिप्वा लाखे नाच , चर्या नाच , धिमे बाजा तथा नाच , अन्य सांस्कृतिक कार्यक्रमहरू विभिन्न खाद्य तथा हस्तकला सामाग्रीका स्टल तथा प्रर्दसनीहरू रहनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ:…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन्

फाप्लु–काठमाडौँ हप्तामा चार दिन उडान

सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

Techie IT