गृहपृष्ठ ∕
पर्यटन ∕
पर्यटक आगमनमा इतिहासकै रेकर्ड, कुन मुलुकबाट कति पर्यटक भित्रिए? पर्यटक आगमनमा इतिहासकै रेकर्ड, कुन मुलुकबाट कति पर्यटक भित्रिए?
काठमाडौँ। नेपालमा पर्यटक आगमनले रेकर्ड बनाएको छ। सन् २०२३ अक्टोबरमा आएका पर्यटकको संख्याले रेकर्ड बनाएको हो।
पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो। यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या थियो। यो रेकर्ड यस वर्ष तोडिएको हो।
सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन्।
कुन मुलुकबाट कति पर्यटक भित्रिए?
- भारतः १८ हजार ४८०
- अमेरिकाः १४ हजार ८७९
- बेलायतः ८ हजार २१७
- चीनः ६ हजार ८८०
- अष्ट्रेलियाः ६ हजार ०७५
- जर्मनीः ५ हजार ९१६
- फ्रान्सः ५ हजार २७१
- बंगलादेशः ४ हजार २९२
- श्रीलंकाः २ हजार ५०७
- इटालीः २ हजार ४६७
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन्
सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार
काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको