Techie IT
२०८१ कात्तिक २५, आईतबार
NepaliPatra logo
गृहपृष्ठपर्यटन२५ औं पोखरा सडक महोत्सव पुस १२ गतेदेखि

२५ औं पोखरा सडक महोत्सव पुस १२ गतेदेखि


पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकीय नगरी पोखरामा २५ औं पोखरा सडक महोत्सव सुरु हुने भएको छ । महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म अर्थात् २८ डिसेम्बरदेखि १ जनवरीसम्म चल्ने छ।

फेवातालको आसपास सडकमा महोत्सव गरिने आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेबान०ले जानकारी गराएको हो ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव हरेक वर्ष आयोजना गरिँदै आएको छ । आन्तरिक र बाह्य पर्यटकलाई अंग्रेजी वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेबानले जनाएको छ ।

महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै फरक–फरक समुदायका खानाको स्वाद पनि लिन पाउने छन् । साथै महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुती समेत रहने छ ।

यस वर्ष रजत महोत्सवको रुपमा आयोजना गरिएको महोत्सवबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्नपूर्ण आधार शिविर: पर्यटक सँगै फोहरको चुनौती

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्ष अघि

पोखरा विमानस्थलमा डेढ वर्षपछि अन्तर्राष्ट्रिय उडान

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको छ । ०८० असार ६ गते पहिलो पटक

१० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल…

काठमाडौं । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

सिरहा । चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल,

पर्यटकीय क्षेत्र स्याङबोचे माथि हेलिकप्टर उडानमा प्रतिबन्ध

काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुन्जले पर्यटकीय क्षेत्र स्याङबोचेमाथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । निकुन्जको कोर एरियामा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुल्ला

कञ्चनपुर । महेन्द्रनगरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको छ । गएको असारमा आएको बाढीका

Techie IT