Techie IT
२०८१ असार २८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनकाठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला

काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला


काठमाडौँ । काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु हुँदैछ । समिट इभेन्ट्स मार्केट्सको आयोजनामा हुन लागेको मेला नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पहिलो पटक आयोजना गरिएको प्रबन्ध निर्देशक एवम् मेलाका संयोजक विष्णु पाण्डेले बताए ।

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको उनको भनाई छ । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको मुख्य सहयोग रहेको मेलामा एक हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने संयोजक पाण्डेले बताए ।

मेलामा विभिन्न समूहगत छलफल हुनेछन् । मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालको अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसरको सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहने पाण्डेले बताए ।

मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुने मेलामा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

काठमाडौँ । कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको

बैंककमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । बैंककस्थित नेपाली राजदूतावासले नेपालको पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरेको छ । बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा

एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक

काठमाडौँ । सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको

निमा जाङ्मु शेर्पाद्वारा चीनतर्फबाट सगरमाथाको सफल आरोहण

काठमाडौँ । विश्वको सर्वोच्च शिखरको सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ । यो बिचमा धेरै

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन

पोखरा । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् । परीक्षणका रुपमा

चिनियाँ पर्यटक भित्र्याउन छेन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम

काठमाडौँ । चिनियाँ पर्यटक आकर्षित गर्ने उद्देश्यले चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको छ । नेपालका होटल

Techie IT