गृहपृष्ठ ∕ पर्यटन ∕ पर्यटकीय क्षेत्र स्याङबोचे माथि हेलिकप्टर उडानमा प्रतिबन्धपर्यटकीय क्षेत्र स्याङबोचे माथि हेलिकप्टर उडानमा प्रतिबन्ध नेपालीपत्र शुक्रबार, २०८१ कात्तिक ९ गते, १७:५५ मा प्रकाशित पर्यटन काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुन्जले पर्यटकीय क्षेत्र स्याङबोचेमाथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ । निकुन्जको कोर एरियामा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा नकरात्मक असर गर्ने तथा ध्वनि प्रदूषण समेत हुने भएकाले स्याङबोचे भन्दा माथिको हिमाली क्षेत्रमा व्यवसायिक उडानमा रोक लगाएको हो ।निकुन्ज नेपाली सेनाको भगवती प्रसाद गुल्म र मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिको संयुक्त बैठक बसेर नै स्याङबोचे क्षेत्र भन्दा माथि व्यवसायीक उडान नगर्नका लागि नागरिक उड्यान कार्यालय लुक्लालाई पत्राचार गरेको छ । निकुन्जको कोर क्षेत्रमा दैनिक ५० भन्दा बढी हेलिकप्टर उडान तथा अवतरण हुँदा वन्यजन्तु तर्सिएर गाउँ पस्ने गरेको भन्दै निकुन्जले हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको हो ।निकुन्जको परिपत्रलाई अटेरि गर्दै शुक्रबार बिहानै देखि स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा दर्जनौ हेलिकप्टरले उडान गरेका छन् । निकुन्ज र सरोकारवालाले निर्णय गरे पनि माथिल्लो हिमाली क्षेत्रमा हेलिकप्टरको उडान नरोकिएको हो । यता नागरिक उड्यान प्राधिकरणको लुक्ला कार्यालयले भने राष्ट्रिय निकुन्जको निर्देशन मान्नु पर्ने आवश्यकता नरहेको बताएको छ । माथिल्लो क्षेत्रमा हुने हेलिकप्टरको व्यवसायिक उडानको स्थानीय सरकार र पर्यटन व्यवसायीहरुले पनि विरोध गर्दै आएका छन् । #सगरमाथा राष्ट्रिय निकुन्ज #स्याङबोचेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दैम्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरना पछिल्लो समय पर्यटकमाझ लोकप्रिय बन्दै गएको छ । चिन र ६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमणकाठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढेम्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । कैलाश मानसरोवर दूरदर्शन शुरुहुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ:…काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन्धेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ ५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु ३ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन ४ पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा ५ लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू–भाग ६ ‘अमेरिकी विदेश नीतिमा सम्भावित परिवर्तनहरूबाट डरको वातावरण बनेको छ’ ७ ब्रिटिस एजुकेशन ग्रुपले किल युनिभर्सिटीसँगको सहकार्यमा बीएससी (अनर्स) डाटा साइन्स कार्यक्रम सुरु गर्योThe Film Nepal