Techie IT
२०८२ असार १, आईतबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनसडक महोत्सव: ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’

सडक महोत्सव: ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’


काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६औँ पोखरा सडक महोत्सव हुने भएको छ ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ यही पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको हो ।

रेबानका केन्द्रीय अध्यक्ष सङ्घर्ष विष्टले रेबानका तर्फबाट हुँदै आएको सडक महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै विदेशी पर्यटकको बसाइँ लम्ब्याउन पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

“पोखरा सडक महोत्सवले ‘आन्तरिक पर्यटन’ प्रवर्द्धन गर्दै आएको छ, नेपाल आउने र आइरहेका विदेशी पर्यटकलाई पनि आफ्नो यात्रालाई लम्ब्याएर महोत्सवमा सहभागी हुने गरेको हामीले पाएका छौँ”, अध्यक्ष विष्टले भने, ,“पर्यटनलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर पोखराका पर्यटन विज्ञहरूले छलफल गरेर सडक महोत्सवको सुरूआत गरे । यो एउटा इतिहास बनिसकेको छ ।”

अध्यक्ष विष्टका अनुसार महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्‍याउन पनि मद्दत गरेको छ । विभिन्न नेपाली खाना, जातीय वेषभूषा र परम्परागत संस्कृतिको प्रदर्शनले समग्र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगेको छ ।

नेपालमा सबै सिजनमा वार्षिक कार्यसूची बनाएर सडक महोत्सवलाई वृहत महोत्सवको रूपमा विकास गरेर पर्यटन प्रवर्द्धनका लागि सक्रिय हुनका लागि सरकार, निजी क्षेत्र एवं सरोकारवाला सहकार्यकासाथ लाग्नुपर्नेमा उनको जोड छ ।

रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले सडक महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न महत्वपूर्ण योगदान पुग्ने बताए । उनले कला संस्कृति प्रवर्द्धनसँगै स्थानीय सामग्रीलाई बजारीकरण गर्न महोत्सव उपलब्धिपूर्ण बन्दै गएको उल्लेख गरे ।

अध्यक्ष पौडेलका अनुसार महोत्सवमा मुख्य आकर्षणका रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता रहेका छन् ।

यसवर्ष लमजुङबाट कृष्ण चरित्रका साथै भोजपुरी नृत्य आदि सांस्कृतिक प्रस्तुतिका साथै छिमेकी राष्ट्र भारत र चीनका सांस्कृतिक प्रस्तुतिसमेत रहने जनाइएको छ । पाँच दिने महोत्सवमा आन्तरिक र बाह्य गरी करिब पाँच लाख पर्यटक आउने आयोजकको अनुमान छ ।

अङ्ग्रेजी नयाँ वर्षकै सन्दर्भमा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुदैँछ । बेलुन नेपाल प्रालिको आयोजनामा यही पुस ९ गतेदेखि पर्यटकीय राजधानी पोखरामा सुरू हुने फेस्टिफलमा २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहने जनाइएको छ ।

उक्त फेस्टिभल सन् २०२५ को पहिलो दिन १ जनवरीसम्म चल्ने छ । महोत्सवमा पामे क्षेत्रको तौरूकदेखि चङखपुरसम्म तीन किलोमिटर क्षेत्रमा हुने आयोजकले जनाएको छ । नेपालमा आउने विदेशी पर्यकमध्ये ४० प्रतिशत पोखरा पुग्ने गरेको बताइन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ:…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन्

फाप्लु–काठमाडौँ हप्तामा चार दिन उडान

सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

Techie IT