Techie IT
२०८१ पुस २९, सोमबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनपोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरू

पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरू


पाेखरा । पर्यटकीय नगरी पोखरामा आजदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव शुरू भएको छ । पर्यटन क्षेत्रलाई कोरोना महामारीअघिको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा हट एअर बेलनबाट पाँच हजार मिटरसम्म उडान भरेर अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृङ्खला, फेवाताल, पोखरा बजारको अवलोकन गर्न सकिने गरी एकैपटक विभिन्न रङ्गका १७ वटा बेलुन उडान हुने बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए ।

अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर आजदेखि शुरू भएको महोत्सव यही पुस १७ गतेसम्म चल्ने छ । आन्तरिक तथा विदेशी पर्यटक आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले आयोजना भएको महोत्सवमा हरेक दिन साङ्गीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेलसमेत हुने आयोजकले बताएका छन् ।

महोत्सवमा नेपालसहित, अमेरिका, बेलायत, अस्ट्रेलिया, स्पेन, लिथुआनिया, थाइल्यान्ड, जापान, इटालीलगायतका १५ वटा देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरू सहभागी भएका पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

२०१८ देखि बेलुन नेपालले पोखरामा व्यावसायिक हट एअर बेलुन उडान भर्दै आएको बेलुन नेपालका सञ्चालक सविन महर्जनले बताउनुभयो । बेलुन नेपालले नियमित तीन वटा हट एअर बेलुनमा व्यावसायिक उडान गर्दै आएको छ ।

बेलुनमा उडानका लागि नेपालीलाई प्रतिव्यक्ति ११ हजार, सार्क देशका पर्यटकलाई एक सय २० डलर र अन्य देशका पर्यटकलाई एक सय ५० डलर शुल्क लाग्ने आयोजकले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका

मुस्ताङमा पर्यटक आगमन वृद्धि

म्याग्दी । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन्

पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्नेमा: मन्त्री पाण्डेको…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नपर्ने बताएका छन् ।

होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

काठमाडाैँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रिय

नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी

अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिँदै

बाँके । बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका

Techie IT