Techie IT
२०८२ असार ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनहिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ: मन्त्री पाण्डे

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ: मन्त्री पाण्डे


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन् ।

बिहीबार काठमाडौंमा सगरमाथा दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनले सगरमाथा लगायतको हिमश्रृंखला अहिले बिस्तारै पग्लिने हो की, सेता हिमालहरु हिउँ विहीन हुने हो की, सेता हिमालहरु काला हुने हुन् की भन्ने खतरा देखिएको बताए ।

मन्त्री पाण्डेले यसले सगरमाथालाई मात्र नभइ हिमवत खण्ड र यसको असर पहाड हुँदै समुन्द्रसम्म पुग्ने जिकिर गरे । उनले हिमालको हिउँ पग्लिएपछि त्यसले निम्त्याउने भूक्षय, बाढी, पहिरो हुँदै समुन्द्रसम्म असर पुग्दा पृथ्वीले असन्तुलन सहनुपर्ने खरता रहेको बताए । सगरमाथा संवादका माध्यमबाट पूरा विश्वलाई जलवायु परिवर्तनमा देखिएका असरहरु र यि असरहरु न्युनिकरण गर्ने उपायका बारेमा गम्भीरता पूर्वक जानकारी गराएको बताए ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा जलवायु परिवर्तनका असर सगरमाथा क्षेत्रले, हिमालले भोग्नुपरेका असर, पूरा पृथ्वीले खेप्नुपर्ने प्रभावका बारेमा गरिरहेको बताए । हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लाग्नुपर्ने आवश्यकता औंल्याए ।

७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा काठमाडौं ठमेलदेखि वसन्तपुरसम्म पदयात्रा आयोजना गरिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ ।

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

फाप्लु–काठमाडौँ हप्तामा चार दिन उडान

सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

Techie IT