Techie IT
२०८२ असार २, सोमबार
NepaliPatra logo
गृहपृष्ठपर्यटनपोखराको पहिचान बन्दै रोपाइँ महोत्सव

पोखराको पहिचान बन्दै रोपाइँ महोत्सव


कास्की । पर्यटकीय नगरी पोखरामा हुने मेला तथा महोत्सवमध्येको एक हो, ‘असारे रोपाइँ महोत्सव’ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुन लागेको महोत्सवको १८औँ संस्करण पोखरा महानगरपालिका–१३ को कसेरी डुम्रीबोटमा गर्ने तयारी गरिएको छ ।

पोखरामा पर्यटन लक्षित पूर्वाधार बन्ने क्रम बढिरहँदा १७ वर्षअघि प्रत्येक वर्षको असार १५ मा असारे रोपाइँ महोत्सव गर्ने निधो गरिएको थियो । पोखरा पर्यटन परिषद्को अगुवाइमा असारे रोपाइँ महोत्सव सुरु गरिएको परिषद्का तत्कालीन अध्यक्ष डम्बर केसीको भनाइ छ । पोखरामा पर्यटकीय गतिविधि बढाउने उद्देश्यसहित असार १५ को संस्कृतिलाई रोपाइँ महोत्सवमार्फत पर्यटनसँग जोडिएको उनले बताए ।

“पछिल्ला वर्षमा महोत्सव यहाँको विशिष्ट पहिचान नै बनेको छ”, उनले भने, “महोत्सवकै लागि भनेर बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी एवम् विदेशी पर्यटक पोखरा आउने गरे्का छन् ।”

पहिलो पटक विरौटा फाँटदेखि सुरु गरिएको महोत्सव त्यसयता पोखराका विभिन्न फाँटमा गर्दै आइएको छ । महोत्सवमा हिलो खेल्ने, माछा समाउने, हिले दौड गर्ने र दही चिउरा खाने आदि गतिविधिमा विदेशी पर्यटक पनि रमाउने गरेका छन् ।

नेपाली समाजमा प्राचीनकालदेखि असार १५ मा हिलो छुनुपर्ने मान्यता स्थापित भइसकेका अवस्थामा नेपाल सरकारले पनि यस दिनलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको छ ।

असारलाई मानो खाएर मुरी उब्जाउने महिनाका रुपमा पनि लिने गरिएको छ । असार १५ नजिकिँदै गर्दा १८औँ संस्करणको असारे रोपाइँ महोत्सवको तयारी तीव्र पारिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

महोत्सवको स्थानीय आयोजकमा पोखरा महानगरपालिका–१३ र २८ तथा त्यहाँ क्रियाशील कृषि सञ्जाल छन् । पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा थप टेवा पु¥याउने लक्ष्य राखिएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले बताए ।

उनले पोखरा सबै मौसमका लागि भन्ने भनाइलाई सार्थक बनाउँदै यहाँको मौलिक र सम्भवतः नेपालमा मात्रै मनाइने रोपाइँ जात्रामा पर्यटक तथा युवालाई संलग्न गराउँदै यसको संरक्षण गरिने बताए ।

“पोखरामा भएका पर्यटकलाई कार्यक्रममा सहभागी गराई नेपालको परम्परागत कृषि प्रणाली तथा महत्वपूर्ण जात्राको प्रत्यक्ष अनुभूति गराइने छ”, उनले भने, “पोखरा आन्तरिक एवम् बाह्य पर्यटकका लागि सुरक्षितसँगै यहाँ सबै मौसममा जान सकिन्छ भन्ने सन्देश पनि महोत्सवमार्फत दिनेछौँ ।”

कषिप्रतिको अनिच्छासँगै खोतीयोग्य जमिन मासिँदै गएको वास्तविकतामा यसतर्फ पनि महोत्सवमार्फत चासो जगाउने अपेक्षा गरिएको छ । पोखरेली जेठोबुढो झुल्ने बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबुढुवा, सेदीबगर, फेवा फाँट, अर्मला फाँट, महतगौँडा, काहुँखोला, पामेफाँट, लामाचौर, लेखनाथका सिसुवा फाँट, खुदी फाँट, मालमूल, तल्लो गगनगौँडाको बेलबुटे लगायतका स्थानमा बढ्दै गएको बस्ती विकासले खेतीयोग्य जमिन बर्सेनि घर घडेरीमा परिणत भएको देखिन्छ ।

पोखरामा बर्सेनि हुने गरेको रोपाइँ महोत्सव यसअघि एकवर्ष कोरोना कहरका कारण रोकिएको थियो । पोखराबाट देश तथा विदेशका विभिन्न सहरमा हुने गरेका प्रवद्र्धनात्मक कार्यक्रममासमेत रोपाइँ महोत्सवको प्रचारप्रसार गर्ने गरिएको असारे रोपाइँ महोत्सवका संयोजक कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

यसवर्ष हुने महोत्सवमा पाँच सयभन्दा बढी विदेशी र हजारौँ स्वदेशी पर्यटक सहभागी बन्ने अपेक्ष्गबताउँदै उनले यसबाट कृषि पर्यटनको प्रवद्र्धन हुने बताए । यसपटकको रोपाइँ महोत्सव पोखरा—१३ को कसेरीमा हुने कुराले वडावासी हर्षित बनेको उक्त वडाका अध्यक्ष किरण बरालले बताए।

महोत्सव अन्तर्गत यसवर्ष साउने प्रतियोगिता .(हल गोरुको दौड), आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने, हिलोमा घैँटो फुटाउने, हिलो दौड (नेपाली र विदेशी महिला तथा पुरुष, पत्रकार), रस्साकस्सी, एवम् विविध सांस्कृतिक कार्यक्रम रहने जनाइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कैलाश मानसरोवर दूरदर्शन शुरु

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन शुरु भएको छ । वैशाख महिनाको दोस्रो

हिमाल जोगाउन जलवायु परिवर्तनका असर न्युनिकरणका लागि प्रतिवद्धताका साथ लागौँ:…

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण सगरमाथा लगायतका हिमश्रृंखलाहरुले ठूलो असर व्यहोरिरहेकोबताएका छन्

फाप्लु–काठमाडौँ हप्तामा चार दिन उडान

सोलुखुम्बु । सदरमुकाम सल्लेरीको फाप्लु विमानस्थलबाट काठमाडाैँ हप्तामा चार दिन नियमित उडान हुन थालेको छ । नेपाल एयरलाइन्सले हप्ताको चार

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

काठमाडाैँ । यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको

पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

Techie IT