Techie IT
२०८२ असोज २८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठUKइनास यूकेको नेतृत्वमा सञ्जयभक्त कँडेल चयन

इनास यूकेको नेतृत्वमा सञ्जयभक्त कँडेल चयन


लण्डन। विदेशमा बस्ने नेपाली कलाकारहरुको संस्था ‘अन्तरराष्ट्रिय नेपाली कलाकार समाज’ (इनास) यूकेको नेतृत्व चयन भएको छ। आइतबार लण्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा सम्पन्न संस्थाको पाँचौं अधिवेशनले कलाकार तथा सञ्चारकर्मी सञ्जयभक्त कँडेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो।

अध्यक्ष निर्वाचित कंडेलले संस्थामा यसअघिका दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका थिए। उनी इनास युरोपका वर्तमान सहसंयोजक पनि हुन्।

त्यस्तै, समितिमा दीपक थापा वरिष्ठ उपाध्यक्ष, सबिना श्रेष्ठ उपाध्यक्ष, सर्वेन्द्र अधिकारी महासचिव, लाल बराली सचिव र लालमणि भट्टराई कोषाध्यक्ष छन्। कार्यसमिति सदस्यमा अभिषेक गौतम, गोमा खरेल ‘श्रेया’, सुष्मिता थापा, सुनिल न्यौपाने र अमृता पाण्डे चुनिएका छन्।

संस्थाको प्रमुख संरक्षकमा इनास ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ तथा संरक्षकमा संस्थापक अध्यक्ष सनमकुमार वैराग, पूर्व अध्यक्ष रजनी सुनुवार र निवर्तमान अध्यक्ष विनोद चिपालु मनोनित भएका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन

लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा

शङ्कर पोखरेल बेलायतमा

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

Techie IT