Techie IT
२०८० मंसीर १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठUKइजराइलको निकासी योजना ‘पूर्णतः असम्भव’: बोरेल

इजराइलको निकासी योजना ‘पूर्णतः असम्भव’: बोरेल


एजेन्सी । युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकै दिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने इजराइलको योजना कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको शनिबार बताएका छन् ।

इजराइलको इतिहासमा सबैभन्दा घातक हमलाको बदला लिन प्यालेस्टिनी इस्लामिस्ट सङ्गठनविरुद्ध अपेक्षित जमिन आक्रमण गर्नुअघि इजराइलले उत्तरी गाजाका बासिन्दाहरूलाई सो स्थान खाली गर्न चेतावनी दिएको छ ।

“युरोपेली युनियनको अधिकारीको प्रतिनिधित्व गर्दै यो (खाली गराउने योजना) कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको म भन्छु”, चीनको तीन दिने कूटनीतिक भ्रमणको अन्तिम दिन बेइजिङमा बोरेलले पत्रकारहरूसँग भने, “गाजा जस्तो परिस्थितिमा २४ घन्टाभित्र १०लाख मानिसलाई सार्न सकिन्छ भनेर कल्पना गर्नु मानवीय सङ्कट मात्र हुन सक्छ ।”

युरोपेली युनियनका प्रमुख उर्सुला भोन डेर लेयेनले इजराइलको भ्रमणका क्रममा शुक्रबार इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई समर्थन रहेको बताएका थिए। “युरोप इजराइलको पक्षमा उभिन्छ”, इजराइललाई आफ्ना नागरिकहरूको रक्षा गर्ने कर्तव्य थियो भन्दै उनले भने ।

तर आफ्नो रक्षा गर्ने प्रक्रियामा इजराइल पनि अन्तर्राष्ट्रिय कानूनको पालना गर्न बाध्य हुन्छ भन्ने बेइजिङमा बोरेलको टिप्पणीले त्यस्तो पुष्टिमा सीमा निर्धारण गरेको देखिएको छ ।

“स्थिति स्पष्ट छ, हामी वास्तवमै आफ्नो रक्षा गर्ने इजराइलको अधिकारको रक्षा गर्छौँ”, बोरेलले भने, “तर कुनै पनि अधिकारको कुरा गर्दा यसमा सीमा हुन्छ र यो सीमा भनेको अन्तर्राष्ट्रिय कानून हो ।” रासस/एएफपी




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेलायत आएको चार दिनमै ३१ बर्षीया नेपाली विद्यार्थीको निधन

लण्डन। अध्ययनका लागि बेलायत आएको चार दिनमै एक नेपाली विद्यार्थीको निधन भएको छ। २९ नोभेम्बर बुधबार मात्र बेलायत आइपुगेकी कमला

डिसेम्बर १६ मा ईलमपोखरी समाज यूकेको ल्होछार पार्टी

लण्डन। ईलमपोखरी समाज यूकेले आगामी १६ डिसेम्बर २०२३ मा ल्होछार पार्टी आयोजना गर्ने भएको छ। पुरानो बर्ग हें/हिं ल्होको बिदाइ

किन तनावमा छन् बेलायती प्रधानमन्त्री सुनक ?

एजेन्सी । अध्यागमनको मुद्दा विश्वभर एक जटिल प्रश्नको रूपमा देखा परेको छ। आप्रवासन भन्नाले अन्य देशबाट कुनै खास देशमा आउने

ऋषि सुनकको प्रधानमन्त्री पद संकटमा, सुएला ब्रेभरम्यानलाई मन्त्रिपरिषद्बाट हटाएपछि चौतर्फी…

लण्डन । बेलायती राजनीतिमा यतिबेला भूकम्प आएको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सुएला ब्रेभरम्यानलाई आफ्नो मन्त्रिपरिषद्बाट हटाएका छन् ।

प्रधानमन्त्री ऋषि सुनकले पूर्व बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेश सचिवमा…

लणडन । डेभिड क्यामरुन बेलायत सरकारमा विदेश, राष्ट्रमंडल र विकास मामिलाका लागि राज्य सचिव नियुक्त भएका छन्। बेलायती प्रधानमन्त्री ऋषि

बेलायतका राजाबाट दुःख व्यक्त

काठमाडौँ । बेलायतका राजा चाल्र्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार

Techie IT