Techie IT
२०८२ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायती लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक

बेलायती लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक


लण्डन । संयुक्त अधिराज्य (बेलायत) सहित युरोप क्षेत्रका विकास तथा वित्तीय संस्थाका प्रतिनिधिले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । लन्डनस्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको ‘नेपालमा लगानी र व्यापारका अवसर’ विषयक सम्मेलनमा उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालले खुला, उदार र बजारकेन्द्रित नीति अपनाएको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

मन्त्री डा. महतले वैदेशिक लगानी भित्र्याउन लगानीकर्ताको हितका लागि नेपालले वैदेशिक लगानी र प्रविधि हस्तान्तरणसम्बन्धी ऐन लागु गरेको बताउँदै नेपालको कानुनले निजी सम्पत्तिको राष्ट्रियकरण गर्न निषेध गरेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । लगानीकर्तालाई सहजीकरण र लगानी सुरक्षित गर्ने कानुनी प्रावधन रहेको बताउँदै उहाँले विदेशी लगानीकर्ताको लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरलीकरण गरिएको पनि बताउनुभयो ।

हालको बजेटले अर्थतन्त्रको संरचनात्मक रूपान्तरण गर्न आर्थिक सुधारका एजेन्डालाई आत्मसात् गरेको बताउँदै मन्त्री डा। महतले लगानीको वातावरण सिर्जना गर्ने, संस्थागत सुधार गर्ने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गर्ने, डिजिटल अर्थतन्त्रको विकास गर्ने र चौथो ओद्योगिक क्रान्तिलाई अपनाउनेलगायतका विषयलाई प्राथमिकता दिइएको पनि स्पष्ट पार्नुभयो ।

बेलायती संसद्मा बेलायत–नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाललाई लगानीको आवश्यकता रहेको औँल्याउँदै बेलायतका सरकारी र निजी क्षेत्रका संस्थालाई लगानी गर्न आग्रह गर्नुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लन्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतमार्फत बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भिœयाउन चाहेको बताउनुभयो ।

नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बङ्गलादेशसँग समेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युत्बाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो ।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट ९बिआइआइ० का प्रबन्ध निर्देशक कोलिन बक्लीले आफ्नो संस्थाले हालैका केही वर्षमा नेपालको सूचना प्रविधि तथा बैङ्किङ क्षेत्रमा एक सय मिलियन पाउन्डभन्दा बढी लगानी गरेको बताउँदै जलविद्युत्का क्षेत्रमा पनि लगानी गर्ने बताउनुभयो ।

युके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रेडले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन नेपाललाई सहयोग गरिरहेको उल्लेख गर्दै जलविद्युत्लगायत अन्य क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । नेपालका विभिन्न क्षेत्रमा एक अर्ब ५० करोड पाउन्ड लगानी गर्न युके एक्सपोर्ट तयार रहेको बताउनुभयो ।

डोल्मा इम्प्याक्टका प्रमुख कार्यकारी अधिकृत टिम गोजरले नेपालमा नौ वर्षदेखि काम गरिरहेको बताउँदै लगानीका लागि नेपाल सरकारको प्रतिबद्धता सराहनीय रहेको उल्लेख गर्नुभयो । जलविद्युत् र सौर्य ऊर्जाका क्षेत्रमा मात्र एक सय मिलियन पाउन्ड नेपालमा लगानी गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले नेपालको शिक्षा र स्वास्थ क्षेत्रमा थप लगानी गर्ने बताउँदै हरित ऊर्जामा पनि थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्प र कोभिडका कारण थलिएको नेपालको अर्थतन्त्र अहिले उकासिन लागेको चर्चा गर्दै वैदेशिक लगानीका लागि यो उपयुक्त समय रहेको बताउनुभयो । “पर्यटन पूर्वाधार, सूचना प्रविधि जस्ता क्षेत्रमा निर्धक्क भएर लगानी गर्नुहोस्,” उहाँले भन्नुभयो । उहाँले नेपालका निजी क्षेत्र विदेशी लगानीकर्तासँग हरेक क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

नेपाल लगानी बोर्डका सहसचिव अमृत लम्साल, नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्र, ऊर्जा मन्त्रालयका सन्दीपकुमार देवले नेपालमा नवीकरणीय ऊर्जा, सूचना प्रविधि, पर्यटलगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको औँल्याउँदै वैदेशिक लगानीको आवश्यकता प्रस्ट्याउनुभयो । उहाँहरूले वैदेशिक लगानी सन्दर्भमा रहेका नेपालका नीतिगत र कानुनी प्रावधानका बारेमा चर्चा गर्दै नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति दिने नीति लिएको बताउनुभयो ।

सम्झौतापत्रमा हस्ताक्षर

सोही अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपालमा लगानी गरिरहेका छ वटा विकास वित्तीय संस्था बेलायतको ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, नेदरल्यान्डको एफएमओ, बेल्जियमको बायो, फिनल्यान्डको फिनफन्ड, फ्रान्सको प्रोपार्को, तथा स्विट्जरल्यान्डको साइफेमबिच नेपालमा विकास वित्तीय संस्थाहरूको लगानी सहजीकरण गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपालका तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र वित्तीय संस्थाका तर्फबाट साइफेमका अध्यक्ष जर्ज फ्राइडेनले हस्ताक्षर गर्नुभएको थियो ।

यी वित्तीय संस्थाले नेपालको दिगो विकास, जलवायु परिवर्तन, गरिबी निवारणका लागि सहुलियत दरमा नेपालमा ऋण प्रवाह गर्ने तथा कम्पनीका सेयरमा समेत लगानी गर्दै आएका छन् । गाेरखापत्र




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन

लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा

शङ्कर पोखरेल बेलायतमा

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

Techie IT