Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायत आएको चार दिनमै ३१ बर्षीया नेपाली विद्यार्थीको निधन

बेलायत आएको चार दिनमै ३१ बर्षीया नेपाली विद्यार्थीको निधन


लण्डन। अध्ययनका लागि बेलायत आएको चार दिनमै एक नेपाली विद्यार्थीको निधन भएको छ। २९ नोभेम्बर बुधबार मात्र बेलायत आइपुगेकी कमला गुरुङको चारदिनमै असामयिक निधन भएको हो।

ओरस्ते ४ बिरुवा स्याङ्जाकी ३१ बर्षीय गुरुङ बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा मास्टर्स गर्न आएकी थिइन्। उनलाई आइतबार बिहान पेट दुख्ने, वान्ता र पखालापछि घरमै तातोपानी ख्वाएर राखिएको थियो।

दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगिएकोमा उपचारका क्रममा साँझ ८ बजेतिर उनको निधन भएको थियो।

निधनको खबर परिवारका सदस्यहरुलाई दिइसकिएको छ भने श्रीमान् निरज गुरुङ ५ डिसेम्बर दिउँसो २ बजे लण्डन आइपुग्ने जनाइएको छ। श्रीमान् निरजको भिसा स्वकिृत हुन ४ दिन ढिलाई भएकाले उनीहरुसँगै बेलायत आउन पाएका थिएनन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

लण्डन । चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन

लण्डन म्याराथन दौडेर मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७…

लण्डन । प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण गर्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका

बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत !

काठमाडौँ । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने भएकाे छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार

बेलायतको चुनावमा प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछाडि

लण्डन । बेलायतको चुनावमा लेबर पार्टी जीततर्फ अघि बढेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछि

बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण

लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ । निर्वाचनलगत्तै सार्वजनिक भएका

Techie IT