Techie IT
२०८१ वैशाख १५, शनिबार
NepaliPatra logo
गृहपृष्ठUKयूकेमा इङ्नाम चेलि–माइति समाज यूकेको कार्य समिति गठन

यूकेमा इङ्नाम चेलि–माइति समाज यूकेको कार्य समिति गठन


लण्डन । यूकेमा इङ्नाम चेलि–माइती समाज यूकेको कार्य समिति गठन ।

गत २४ फ्रेब्रुअरी २०२४ शनिवारको दिन नमस्ते गोर्खा रेष्टुरा फेल्थाम बेलायतमा इङ्नाम चेलि–माइति समाज यूकेले ९ सदस्यीय कार्य समिति गठन गरेको हो ।

इङ्नाम इवाहाङ् बन्धु तथा चेलिबेटी समाज यूकेबाट इवाहाङ् बन्धु र चेलिहरु छुट्टिने निर्णय बमोजिम इङ्नाम इवाहाङ् बन्धु तथा चेलिबेटी समाज यूके गत सेप्टेम्बर महिनामाभङ्ग तथा विगठन भएर थियो । इङ्नाम वन्धु तथा चेलिहरुले सामुहिक रुपमा समाज बनाउने निर्णय लिए अनुसार खेमराज इङ्नामको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो ।

सन २००८ मा सुरेन्द्र इङ्नाम, चन्द्र इङ्नाम, शेर बहादुर इङ्नाम र स्याम इङ्नाम चन्द्र इङ्नामको निवासमा बैठक बसेर बेलायतमा इङ्नाम इवाहाङ् बन्धु तथा चेलिबेटीहरुकोसंख्या बडदै गएकोले वर्षमा १ दिन चिनजान तथा भेट–घाट गर्ने उदेश्यले संस्था गठन गर्ने योजना अनुरुप सन २०१० मा औपचारिक रुपले संस्थाको स्थापना भएको थियो ।

करिव १३ वर्ष सम्म इङ्नाम र इवाहाङ् एउटै संस्थामा बसेर काम गर्दा धेरै अनुभवहरु बटुलिए कतिपय काम गर्न सजिला भए भने कति निकै कठिन भए, अन्तत आ–आफ्नै संस्थाखोलेर सानो र सजिलो तवरले अगाडि बड्न यो कदम चालिएको जानकारी श्री बिना इङ्नामले दिए ।

बेलायतमा हामी इङ्नाम र इवाहाङ्हरुको संस्था नितान्तै स्वतन्त्र छ, हामी कुनै पार्टी तथा संस्थाहरुसँग आवद्ध तथा शाखा होईनौ, हामी चेली माइती र भाना भान्जाहरु वर्षमा एकपटक भेला भएर दुःख सुख साटासाट गर्न र जन्म मृत्यूमा एकजुट भएर साथ सहयोग गर्न संस्थाको जरुर पर्ने भएकोले संस्थाको जन्म आवस्यक भएको श्री चन्द्र, शेर ब। इङ्नाम रजुमन इङ्नामले सो भेलामा प्रस्ट पारे ।

इङ्नाम चेलि–माइती समाज यूकेको उक्त भेलाले संस्थाको लोगो÷ब्यानर, विधान लेखन, वार्षिक शुल्क, वार्षिक भेला, जन्म मृत्यू बारे बृहत छलफल गरि पारित गरेको जानकारीअध्यक्षले जाकारी दिए ।

विहान ११ बजे बाट सुरु भएर ४ बजे सकिएको कार्यक्रमलाई सुरेन्द्र इङ्नामले सञ्चालन गरेका थिए ।

इङ्नाम चेलि–माइती समाज यूकेको कार्य समिति:
अध्यक्षः श्री खेमराज इङ्नाम
उपाध्यक्षः श्री सोमी इङ्नाम
सचिवः श्री मुना इङ्नाम
सह–सचिवः श्री बरुण इङ्नाम
कोषाध्यक्षः श्री सुरेन्द्र इङ्नाम
सह– कोषाध्यक्षः श्री निना इङ्नाम

सदस्यहरु:
श्री दिल कुमारी इङ्नाम
श्री कुमारी इङ्नाम
श्री चन्द्र कुमारी इङ्नाम

सल्लाहकारहरु:
श्री शेरबहादुर इङ्नाम
श्री बिना इङ्नाम
श्री चन्द्र इङ्नाम
श्री रत्न इङ्नाम
श्री पदममाया इङ्नाम

विधान लेखन मण्डलः
सम्योजकः श्री सुरेन्द्र इङ्नाम
सदस्यहरु:
श्री चन्द्र बहादुर इङ्नाम
श्री शेर बहादुर इङ्नाम
श्री प्रशुन इङ्नाम
श्री बिना इङ्नाम
श्री निर्मल इङ्नाम




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शन

लण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियो

लण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि

पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउने

लण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख

ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्री

लण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति

युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिम

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोली

Techie IT