Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKअभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित

अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित


लण्डन। बेलायत लेस्टरका एकजना सफल नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् ।

लण्डनबाट सञ्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले शनिबार एक कार्यक्रमबीच सापकोटालाई उनको सामाजिक योगदानको कदर गर्दै सम्मान गरेको हो ।

बेलायतस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अन्तर्राष्ट्रिय कानुनविद् प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले सापकोटालाई सम्मान गरे । सापकोटा सन् २००६ बाट नै गैर आवासीय नेपाली संघ बेलायतमा सक्रिय भूमिकामा थिए ।

उनले नेपालमा आपतविपत र प्राकृतिक विपत्ति हुँदा होस् वा शैक्षिक तथा स्वास्थ्य क्षेत्र, निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् ।

बाग्लुङ काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका दयानिधि स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौँको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा सन् १९९३ मा जर्मनी पुगे ।

करिब १५ वर्ष जर्मनीमा बिताएपछि उनी सन् २००६ अक्टोबर १ मा बेलायत आएका हुन् । बेलायतको लेस्टरमा दुई इटालियन रेष्टुरेन्टका सन्चालक सापकोटा इटालियन खानाको कुशल सेफ पनि हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन

लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा

शङ्कर पोखरेल बेलायतमा

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

Techie IT