Techie IT
२०८२ कात्तिक २, शनिबार
NepaliPatra logo
गृहपृष्ठUKउद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता

उद्योगमन्त्री भण्डारी र बेलायती राजदूत फेनबिच भेटवार्ता


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी सहयोगको विषयमा छलफल भएको थियो ।

मन्त्री भण्डारीले बेलायती राजदूतसँगको भेटमा जलविद्युत् तथा ऊर्जा क्षेत्रको साथै उत्पादनमूलक उद्योग, सूचना प्रविधि र अन्य सेवा क्षेत्रमा बेलायती लगानीका लागि ठोस प्रयास हुने विश्वास व्यक्त गरे ।

मन्त्री भण्डारीले नेपाल सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको भन्दै त्यस पश्‍चातको केही वर्षका लागि डिसिटिएसअन्तर्गतको अति कम विकसित मुलुकलाई प्रदान गरिएको सुविधाको निरन्तरताका लागि पहल गरिदिन आग्रह गरे ।

उनले नेपालको उत्पादनशील क्षमता विकास गरी निर्यात अभिवृद्धि गर्नका लागि उद्योग तथा निर्यात व्यापार लक्षित प्राविधिक सहायता विस्तारका लागि समेत भेटमा अनुरोध गरेका छन् ।

मन्त्री भण्डारीले भेटमा भने, ‘‘अन्तरआबद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका क्षेत्रमा बेलायत सरकारसँग साझेदारी विस्तारमा नेपाल प्रतिबद्ध छ । हामी उद्योग, जलविद्युत् र शिक्षा क्षेत्रको विकासमा बेलायतको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौं ।’’

भेटमा बेलायती राजदूतले नेपालको निजी क्षेत्रको विकास बेलायतको प्राथमिकतामा रहेको भन्दै नेपाल सरकारसंग नजिक भएर काम गर्न इच्छुक रहेको धारणा राखे । उनले भेटमा नेपाली नियार्तलाई प्रवर्द्धन गर्न आफुहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बेलायती राजदूतले बेलायत खुला अर्थतन्त्रको पक्षपाती मुलुक भएको भन्दै नेपाल र विश्व वजारको बिचमा आफूले सेतुको भूमिका खेल्ने बताए ।

भेटमा बौद्धिक सम्पति संरक्षण तथा प्रवर्द्धन र द्विपक्षीय व्यापार तथा लगानीका विषयमा पनि समेत छलफल भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन

लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा

शङ्कर पोखरेल बेलायतमा

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

Techie IT