Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतमा आज आमनिर्वाचन हुँदै

बेलायतमा आज आमनिर्वाचन हुँदै


लण्डन । बेलायतमा आज आमनिर्वाचन हुँदैछ ।

यसपालीको आमनिर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर, चुनाव पूर्व गरिएका सर्वेक्षणहरूले भने लेबर पार्टीले बहुमत ल्याउने आँकलन गरिएको छ ।

कन्जरभेटिभ पार्टीको नेतृत्व ऋषि सुनकले गर्नुभएको छ भने लेबर पार्टीको नेतृत्व कीर स्टर्मरल गरिरहनु भएको छ । लेबर पार्टीका नेता कीर स्टर्मर पूर्व मानव अधिकार वकिल र मुख्य सरकारी वकिल हुनुहुन्छ भने उनी मुख्य दावेदारको रुपमा देखिएका छन् ।

निर्वाचन पूर्व भएका सर्वेक्षणहरूमा लेबर पार्टीले बहुमत ल्याउने देखिएको छ । यस्तो अवस्थामा कीर स्टर्मर बेलायतको भावी प्रधानमन्त्री बन्ने प्रबल सम्भावना छ । पूर्व नेता जेरेमी कोर्बिनको नेतृत्वमा लेबर पार्टी वामपन्थीतर्फ झुकेको थियो । कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक फेरि एक पटक देशको प्रधानमन्त्री बन्ने दौडमा रहेतापनि उनको लागि बाटो निकै कठिन रहेको सर्वेक्षणहरूले देखाएका छन् ।

सन् २०२२ को अक्टोबरमा बेलायतको प्रधानमन्त्री बन्नु भएका भारतीय मूलका ऋषि सुनकमाथि कयौँ वाचा पूरा नगरेको आरोप पनि लाग्दै आएपछी उनी दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न कठिन हुन सक्ने आँकलन गरिरहंदा उनले भने आफु दोश्रो कार्यकालका लागि पनि प्रधानमन्त्री बन्ने निश्चित भएको दाबी गर्दै आउनु भएको छ । सुनक बेलायतका पहिलो एशियाली र हिन्दू प्रधानमन्त्री हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले

गाजा युद्ध अन्त्य गर्न आवश्यक कदम नचाले प्यालेस्टाइनलाई मान्यता दिने…

लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने

नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन

लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा

शङ्कर पोखरेल बेलायतमा

लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

Techie IT