Techie IT
२०८१ साउन १, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKबेलायतको चुनावमा प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछाडि

बेलायतको चुनावमा प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछाडि


लण्डन । बेलायतको चुनावमा लेबर पार्टी जीततर्फ अघि बढेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछि परेको छ । योसँगै बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किने बलियो सम्भावना रहेको बीबीसीले जनाएको छ ।

लेबर पार्टीका नेता केयर स्टारमर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित प्रायः भइसकेको छ । यो चुनाव छ सय ५० संसदीय सीटका लागि भएको हो । छानिएका व्यक्तिले बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा पाँच वर्षसम्म निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।

लेबर पार्टीले अहिलेसम्म ११६ सिट जितेको छ भने कन्जरभेटिभ पार्टीले १७ सिट मात्र जितेको छ । चुनावअघि गरिएको सर्वेक्षणले संसदमा लेबर पार्टीले भारी बहुमत ल्याउने प्रक्षेपण गरिएको थियो । सर्वेक्षण अनुसार लेबर पार्टीले ४१० सिट पाउने अनुमान गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण गर्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका

बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत !

काठमाडौँ । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने भएकाे छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार

बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण

लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ । निर्वाचनलगत्तै सार्वजनिक भएका

बेलायतमा आज आमनिर्वाचन हुँदै

लण्डन । बेलायतमा आज आमनिर्वाचन हुँदैछ । यसपालीको आमनिर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान

विकिलिक्सका संस्थापक जुलिअन असान्ज ५ वर्षपछि बेलायती जेलबाट छुटे

लण्डन । पाँच वर्षदेखि बेलायती जेलमा रहेका विकिलिक्सका संस्थापक जुलिअन असान्ज रिहा भएका छन् । बीबीसीका अनुसार एक वर्ष लामो

युकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा ‘पुजार सार्की’ रिलिज

काठमाडौँ । गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘पुजार सार्की’ संयुक्त

Techie IT