गृहपृष्ठ ∕
UK ∕
प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासको अनुरोध प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासको अनुरोध
काठमाडाैँ । केही दिनदेखि बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
दूतावासले बेलायतमा रहेका एवम् बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई प्रदर्शन र हुलदङ्गा भएको ठाउँमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो ।
लन्डनमा रहेको नेपाली राजदूतावासले हिजो एक सूचना निकालेर बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ । साथै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवम् स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरूलाई ध्यानपूर्वक पालना गर्न अनुरोध गरेको छ ।
साथै आपतकालीन अवस्थामा नेपाली राजदूतावासको फोन नम्बर ±44-0_2072291594, ±447404939274 / Email:info@nepembassy.org.uk, eon@nepembassy.org.uk मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार ऐतिहासिक दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुगेका छन् । भ्रमणका क्रममा बेलायत सरकारले
लण्डन । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले इजरायलले गाजा युद्ध अन्त्यका लागि ठोस कदम नचाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई औपचारिक मान्यता दिने
लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा
लण्डन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल बेलायत आइपुगेका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्चको बेलायतको अधिवेशनमा सहभागी हुन
काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा
एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ