लण्डन । नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन भएकी छिन् । जुलाई २५ देखि २७ सम्म डरहममा भएको वार्षिक साधारण सभाले हमालको अध्यक्षतामा नयां नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
कार्यकारी समितिको उपाध्यक्षमा आशिष श्रेष्ठ, महासचिव डा. प्रज्वल घिमिरे, कोषाध्यक्ष डा. रवि पन्त, सहसचिव डा. पारुल श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरि सदस्यहरुमा डा. अनिल श्रेष्ठ, डा. अभिषेक ताम्राकार, डा. विक्रम थापा, डा. गोकुल भट्ट, डा. ऐस्ता सुब्बा एवं मनोनित सदस्यहरुमा डा. ससा शाक्य र डा. बिवेचन थापा चुनिएको निर्वाचन अधिकृत सविन जोशीले जानकारी दिए । नयां कार्यसमितिको कार्यकाल २०२५–२०२७ हुनेछ ।