Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठUKस्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट

स्वास्थ्यमन्त्री बस्नेत र बेलायती राजदूत पोलिटबीच भेट


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच बिदाई भेट भएको छ ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री बस्नेत र पोलिटको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रमा भएका सहकार्य र सहयोगकाबारे छलफल भएको थियो । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगलाई कसरी निरन्तरता दिने भन्ने विषयमा छलफल भएको बताए ।

उनले नेपालबाट नर्सिङ जनशक्ति बेलायत लैजाने विषयमा पनि छलफल भएको जानकारी दिए । “राजदूत छिट्टै बेलायत फर्किंदै हुनहुन्छ ।

यही क्रममा भएको भेटमा मुख्य तीन विषयमा छलफल गर्‍यौँ”, मन्त्री बस्नेतले भने, “बेलायतमा नर्सिङ जनशक्ति कसरी व्यवस्थित र सुरक्षितरुपमा पठाउने, देशभित्र गोर्खा बिर्टिस सेनाको स्वास्थ्य उपचारको व्यवस्था र स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालनका विषयबारे छलफल भयो ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म निर्माता सुमन राईले बेलायतमा खोले अनुग्रहको तेश्रो शोरुम

लण्डन । चलचित्र गोर्खा वारियरका निर्माता एवम् समाजसेवी सुमन राई बिगत लामो समयदेखि बेलायतमा ज्वेलरी व्यबसायमा छन् । अनुग्रह बुलियन

लण्डन म्याराथन दौडेर मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७…

लण्डन । प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण गर्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका

बेलायतको चुनावमा लेबर पार्टीलाई बहुमत !

काठमाडौँ । बेलायतको चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कने भएकाे छ । कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार

बेलायतको चुनावमा प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछाडि

लण्डन । बेलायतको चुनावमा लेबर पार्टी जीततर्फ अघि बढेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी ठूलो मतान्तरले पछि

बेलायतको आम निर्वाचनमा लेबर पार्टीको जित हुने प्रक्षेपण

लण्डन । बेलायतको आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ठूलो जित हासिल गरेको एक्जिट पोलहरुले देखाएको छ । निर्वाचनलगत्तै सार्वजनिक भएका

Techie IT