Techie IT
२०८२ वैशाख १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठUKटाइटानिकको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बी विस्फोट, ५ जनाको मृत्यु

टाइटानिकको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बी विस्फोट, ५ जनाको मृत्यु


एजेन्सी । ११० वर्षअघि डुबेको टाइटानिक जहाज हेर्न गएका पाँचजना बेपत्ता पर्यटकको मृत्यु भएको छ । पनडुब्बीसहित पाँच जना आइतबारदेखि बेपत्ता भएका थिए।

उनीहरुलाई खोज्न उत्तरी एट्लान्टिक महासागरमा खोज अभियान सुरु गरिएको थियो । तर, हाल उक्त पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेट र अमेरिकी कोस्ट गार्डले यसको पुष्टि गरेका हुन् ।

मिडिया रिपोर्टका अनुसार आइतबार ओशनगेट कम्पनीको पनडुब्बीमा चढेर पाँच जनाले यो रोमाञ्चक यात्रा गरेका थिए । तर, यात्रा सुरु भएको २ घण्टापछि उक्त पनडुब्बी सम्पर्कविहिन भएको थियो ।

उत्तरी एट्लान्टिक महासागरमा पाँच जनासहित बेपत्ता पनडुब्बीको खोजी अभियान चलाइएको थियो । त्यसबेला विज्ञहरुले पनडुब्बीमा चार दिन मात्रै अक्सिजन रहेको जानकारी दिएका थिए । तर, खोज टोलीले टाइटानिक नजिकै यो पनडुब्बीको भग्नावशेष फेला पारेको छ ।

अमेरिकी कोस्ट गार्डले बिहीबार टाइटानिकको शताब्दीयौं पुरानो भग्नावशेष हेर्न पाँच जनालाई बोकेको पनडुब्बीमा विनाशकारी विस्फोट भएको र त्यसको भग्नावशेष फेला परेको बिहीबार जनाएको छ । सोही क्रममा विस्फोटपछि जहाजमा सवार सबैको मृत्यु भएको बताइएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

लन्डनमा स्ट्याण्डअप कमेडीमा उत्रिँदै राजेश हमाल

काठामडौँ । महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानयक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा

स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित

एजेन्सी । पारिस्थितिक संक्रमण र जनसांख्यिकीय चुनौती मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार स्पेनमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको बताएको छ

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…

लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमा

काठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ,

बेलायती राजकुमार एडवार्ड नेपाल आउँदै

काठमाडौं । बेलायतका राजकुमार आज (माघ २२) नेपाल भ्रमणमा आउँदै छन् । अनौपचारिक भ्रमणका सिलसिलामा श्रीमती सोफियासहित उनी नेपाल आउन

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम

Techie IT