Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठUKटाइटानिकको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बी विस्फोट, ५ जनाको मृत्यु

टाइटानिकको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बी विस्फोट, ५ जनाको मृत्यु


एजेन्सी । ११० वर्षअघि डुबेको टाइटानिक जहाज हेर्न गएका पाँचजना बेपत्ता पर्यटकको मृत्यु भएको छ । पनडुब्बीसहित पाँच जना आइतबारदेखि बेपत्ता भएका थिए।

उनीहरुलाई खोज्न उत्तरी एट्लान्टिक महासागरमा खोज अभियान सुरु गरिएको थियो । तर, हाल उक्त पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओशनगेट र अमेरिकी कोस्ट गार्डले यसको पुष्टि गरेका हुन् ।

मिडिया रिपोर्टका अनुसार आइतबार ओशनगेट कम्पनीको पनडुब्बीमा चढेर पाँच जनाले यो रोमाञ्चक यात्रा गरेका थिए । तर, यात्रा सुरु भएको २ घण्टापछि उक्त पनडुब्बी सम्पर्कविहिन भएको थियो ।

उत्तरी एट्लान्टिक महासागरमा पाँच जनासहित बेपत्ता पनडुब्बीको खोजी अभियान चलाइएको थियो । त्यसबेला विज्ञहरुले पनडुब्बीमा चार दिन मात्रै अक्सिजन रहेको जानकारी दिएका थिए । तर, खोज टोलीले टाइटानिक नजिकै यो पनडुब्बीको भग्नावशेष फेला पारेको छ ।

अमेरिकी कोस्ट गार्डले बिहीबार टाइटानिकको शताब्दीयौं पुरानो भग्नावशेष हेर्न पाँच जनालाई बोकेको पनडुब्बीमा विनाशकारी विस्फोट भएको र त्यसको भग्नावशेष फेला परेको बिहीबार जनाएको छ । सोही क्रममा विस्फोटपछि जहाजमा सवार सबैको मृत्यु भएको बताइएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बेलायतमा फेब्रुअरी अहिलेसम्मकै तातो महिना बन्यो

लण्डन । बेलायतमा यो वर्षको फेब्रअरी अहिलेसम्मकै तातो महिना बनेको छ । बेलायतमा फेब्रुअरी महिनाको औसत तापक्रम ६ दशमलव तीन

यूकेमा इङ्नाम चेलि–माइति समाज यूकेको कार्य समिति गठन

लण्डन । यूकेमा इङ्नाम चेलि–माइती समाज यूकेको कार्य समिति गठन । गत २४ फ्रेब्रुअरी २०२४ शनिवारको दिन नमस्ते गोर्खा रेष्टुरा

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न

लण्डन। नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम

स्कटल्याण्डमा भएको आगलागीमा दुई नेपालीको मृत्यु

लण्डन । स्कटल्याण्डको एबर्डिनमा आगलागीमा परी नेपाली दिदी–बहिनीको मृत्यु भएको छ । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका २८ वर्षीया

प्रधानमन्त्री प्रचण्डसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा

प्रवासी नेपाली एकता मञ्च बेलायतको अध्यक्षमा देवेन्द्र श्रेष्ठ

लण्डन । नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च बेलायतको छैटौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले देवेन्द्र

Techie IT