संविधान दिवसको अवसरमा क्यानबेरामा विशेष कार्यक्रम; अस्ट्रेलियन मन्त्रीद्धारा नेपाली समुदायको प्रसंसा

क्यानबेरा । नेपाली दूतावास क्यानबेराले विशेष कार्यक्रमको आयोजना गरेर संविधान दिवस २०७५ मनाएको छ ।अस्ट्रेलियाको राजधानी क्यानवेरामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी अष्ट्रेलियाको अध्यगमन, नागरिकता तथा बहुसांस्कृतिक मामिला सम्बन्धी मन्त्री डेभिड कोलम्यान थिए । विस्तृतमा


आज नेकपाको चियापान कार्यक्रम

आज नेकपाको चियापान कार्यक्रम

काठमाडौँ, १० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले शनिबार गर्न लागेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागिताका लागि सबैमा आह्वान गरेको छ ।

विवेकशील साझाको गण्डकी प्रदेश संयोजक महेश भण्डारी

विवेकशील साझाको गण्डकी प्रदेश संयोजक महेश भण्डारी

पोखरा । विवेकशील साझा पार्टीले गण्डकी प्रदेशको संयोजकमा महेश भण्डारीलाई जिम्मेवारी दिएको छ । शनिबार पार्टीले आयोजना गर्ने बृहत नागरिक सम्बोधन मार्फत भण्डारीलाई संयोजकको दिम्मा दिने भएको छ ।

नेपाली कांग्रेस तारकेश्वर गाउँपालिकाले साँस्कृतिक कार्यक्रमसहितको चियापान कार्यक्रम गर्ने

नेपाली कांग्रेस तारकेश्वर गाउँपालिकाले साँस्कृतिक कार्यक्रमसहितको चियापान कार्यक्रम गर्ने

नुवाकोट । नुवाकोट जिल्ला नेपाली कांग्रेस तारकेश्वर गाँउपालिकाले यही कात्तिक १७ गते शनिबार दशैं तथा तिहार, नेपाल सम्वत ११३९ र छठ पर्वको अवसरमा विशेष साँस्कृतिक कार्यक्रमसहितको चियापान कार्यक्रम गर्ने भएको छ । तारकेश्वर गाउँपालिकास्थित दाङ्सिङ जब्बर चौरमा बिहान ११ बजेबाट शुरु हुने उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता अर्जुन नरसिंह केसीलगायत नोपली कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसी, महासमिति सदस्य एवं पूर्व जिल्ला सचिव रमेश कुमार महतलगायत नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।

नेकपाकाे नाम विवाद : निर्वाचन अायाेगकाे निर्णय सत्तारूढ नेकपाकाे पक्षमा

नेकपाकाे नाम विवाद : निर्वाचन अायाेगकाे निर्णय सत्तारूढ नेकपाकाे पक्षमा

काठमाडौँ । निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युष्ट पार्टी (नेकपा)लाई वैधानिकता दिएको छ । सत्तारुढ नेकपा र ऋषि कट्टेलको नेतृत्वमा दर्ता भएको नेकपाबीच पार्टीको नामलाई लिएर विवाद भएपछि उक्त विवादलाई टुङ्ग्याउँदै आयोगले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ अन्तर्गत उपदफा २ अनुसार सत्तारुढ नेकपाले वैधानिकता पाएको हो ।

गृहमन्त्रीले नैतिक रूपमा राजीनामा दिनुपर्छ : रमेश लेखक

गृहमन्त्रीले नैतिक रूपमा राजीनामा दिनुपर्छ : रमेश लेखक

काठमाडौँ । निर्मला पन्तको हत्यारालाई ३ महिना बितिसक्दा समेत पक्राउ गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा माग गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै काँग्रेस नेता रमेश लेखकले निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारबाही गर्न नसक्ने गृहमन्त्रीले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

राजकीय भ्रमणमा सोमबार कतार जाँदै राष्ट्रपति भण्डारी

राजकीय भ्रमणमा सोमबार कतार जाँदै राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतार जाने भएकी छिन् । राजकीय भ्रमणका क्रममा चारदिनको लागि भण्डारी कतार जाने भएकी हुन् । भ्रमणमा भण्डारीको कतारका अमिर शेख तमिम विन हमाद अलथानीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ

कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ

काठमाडौं । भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) का दिल्लीस्थित मुख्यालय नजिकै प्रदर्शनको क्रममा गान्धीलाई प्रहरीले पक्राउ गरेको हो । सिबिआईका निर्देशक अलोककुमार बर्मालाई हटाएको विषयमा कांग्रेसले प्रदर्शनको आयोजना गरेको थियो ।

सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री

सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री

सुर्खेत । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले नयाँ संरचनामा काम गर्नुपरेकाले परिणाम देखिन केही समय लागेको बताएका छन् । नेपाल पे्रस सङ्गठनद्वारा शुक्रबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको सरकारले बनिबनाउ संयन्त्रमा काम गर्नुपर्ने अवस्था नरहेकाले जनताले सात महीनाकै अवधिमा परिणाम देख्न नपाएको बताए ।

अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान

अध्यक्ष प्रचण्ड नयाँदिल्ली प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनेछन् ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर