Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘तीर्थकुमारी स्वर्णिम साँझ-२०८०’ सम्पन्न

‘तीर्थकुमारी स्वर्णिम साँझ-२०८०’ सम्पन्न


काठमाडौँ । शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत भएकी छन् । ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’ नाम दिइएको उक्त कार्यक्रममा उहाँले आफ्ना लोकप्रिय १९ गीत गाइन् ।

एकल र युगल गायनमा प्रस्तुत भएकी गायिका थापाले आफ्नो एकल साँझमा गाउने सपना पूरा भएको भन्दै सहभागीलाई धन्यवाद दिइन् । “मेरो गीतहरु पुनः गाउने अवसर पाएँ । मेरो यो इच्छालाई पूरा गर्न सहयोगी भूमिका खेल्नु हुने सम्पूर्णप्रति आभारी छु”, उनले भनिन्, “केही दिन अभ्यास गरेर गीत गाएँ । यो खुसीलाई शब्दमा व्यक्त गर्न सकिरहेकी छैन ।”

वि सं २०२८ मा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुआत गरेकी ७३ वर्षीया गायिका थापालाई युगल गायनमा उहाँका छोरा सुरज थापा, ध्रुवराज खड्कालगायतले साथ दिइन् । “देश तथा विदेशमा मैले धेरै साङ्गीतिक कार्यक्रम गरेकी छु । विविध कारणले एकल साँझमा प्रस्तुत भएकी थिइन् । यो उपस्थितिले गायनलाई निरन्तरता दिन हौसला थपेको छ”, उनले भनिन् ।

गायिका थापाका छोरा सुरजले आमाको इच्छालाई पूरा गर्न पाउँदा आफ्नो जीवन सफल भएको आभास गरेको बताइन् । उनी गायक तथा सङ्गीतकार पनि हुन् । “मैले एकल साँझ गर्ने उद्देश्यले केहीसँग छलफल गरेँ । उनीहरुले पुराना गीतसङ्गीत र स्रष्टालाई प्रवद्र्धन गर्न हामी तत्पर छौँ भनेपछि यसको सुरुआत भयो”, उनले भने्, “आमाले देख्नुभएको सपना पूरा गर्ने मेरो सपना आज पूरा भएको छ । यसलाई पूरा गर्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन ।”

अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना तथा काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्स्ट्रक्सनको सहआयोजनामा सम्पन्न कार्यक्रममा गायिका थापाले ‘डाँडामा माथि बिहानै…’ गीतबाट साँझको सुरु गरेर आफ्ना लोकप्रिय गीतहरु ‘म त खाँदिन कुवाको पानी हो…’, ‘ढुङ्गे बगर माया…’,‘झम्के फूली नाकैमा बुलाकी..,‘उकालीमा पनि हजुर।।।’,‘बारीको डिलमा ओखरबोट।।।’,‘माछी मार न हे दाइ हो..’ लगायत गीत नेपाली र नेपाल भाषाकमा गाएकी थिइन् । उपस्थित दर्शकको अनुरोधपश्चात् उहाँले ‘माछी मार न हे दाइ हो…’ दुई पटक गाइन् ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार रञ्जित गजमेर, गायिका ज्ञानु राणा, गीतकार दिनेश अधिकारी, गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यलगायत गीतसङ्गीतसँग जोडिनुभएका व्यक्तित्वको उपस्थिति थियो । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

Techie IT