Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान

नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान


काठमाडौँ। नेपाल र दक्षिण कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको छ। टोखामा सञ्चालित एशिया प्यासिफिक स्कुल र द एशिया प्यासिफिक सोसाइटी कोरियाका विद्यार्थीबीच आज शैक्षिक तथा सांस्कृतिक आदानप्रदान भएको हो।

सो अवसरमा टोखा नगरपालिका– ६ की वडाअध्यक्ष शान्ता खनाल पौडेलले शैक्षिक र सांस्कृतिक आदानप्रदानले एक देशले अर्को देशलाई चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। “कुनै पनि देशलाई चिनाउनका लागि त्यहाँको कला, भाषा, सांस्कृतिक महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने।

उनले शिक्षा र सांस्कृतिसँग सीप आदानप्रदान गरेर अगाडि बढ्नसमेत आग्रह गरे। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ।

टोखा शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खगेन्द्रसिंह धामीले शैक्षिक र सांस्कृतिक आदानप्रदान कार्यक्रम राखेर विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुगेको बताए। उनले विद्यालयको शिक्षालाई वैज्ञानिक पद्धतिमार्फत अगाडि बढाउनका लागि शिक्षा क्षेत्रमा नविनतम प्रयोग गरेको अगाडि बढाएको बताए। उनले नेपालको शिक्षा प्रणालीलाई विश्वको शिक्षामा प्रतिस्पर्धात्मक गर्नका लागि सरकारले काम गरिरहेको उल्लेख गरे।

दक्षिण कोरियाको नाम्सोल विश्वविद्यालयका प्राध्यापक से जिन जुले सन् १९९४ मा स्थापना भएको द एशिया प्यासिफिक सोसाइटीले नेपालका विद्यार्थीसँग लामो समयदेखि राम्रो सम्बन्ध राख्दै नेपालका विभिन्न कार्यक्रममा भाग लिँदै आएको बताए। उनले मुलुकको विकासमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

एशिया प्यासिफिक स्कुल तथा कलेजका प्राचार्य रमेश घिमिरेले कोरोना महामारीको समयमासमेत एशिया प्यासिफिक स्कुलले विभिन्न देशका विद्यार्थीसँग शैक्षिक तथा सांस्कृतिक आदानप्रदान गरेको स्मरण गरे। उनले आगामी दिनमा विभिन्न देशका विद्यार्थीसँग शैक्षिक सहकार्य गरेर अगाडि बढ्ने बताए।

सो अवसरमा कोरियाको नाम्सोल विश्वविद्यालय र वाङ्क्वोङ विश्वविद्यालयका १८ विद्यार्थी र साउथ एशिया प्यासिफिक स्कुलका ५५ विद्यार्थीले शैक्षिक तथा सांस्कृतिक प्रस्तुति गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ । उपनिर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र बनाउनको लागि

Techie IT