Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालराजनीतिक हस्तक्षेप दोहोरिए त्रिवि सुधार्न सकिँदैन: उपकुलपति बराल

राजनीतिक हस्तक्षेप दोहोरिए त्रिवि सुधार्न सकिँदैन: उपकुलपति बराल


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक हस्तक्षेप भएमा प्राज्ञिक क्षेत्रलाई सुधार्न नसकिने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपकुलपति पदको नियुक्ति लिएपछि पत्रकारसँग बोल्दै उनले प्राज्ञिक क्षेत्र सुधार्ने हो भने राजनीतिक हस्तक्षेप नगर्न सरोकारवालाको ध्यानाकर्षण गरेका हुन् ।

विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा गरिएमा त्रिविको सुधार सम्भव नहुने उनले बताए। उपकुलपतिको मात्रै बलले विश्वविद्यालयमा सुधार गर्न नसकिने बताएका छन्। उनले त्यसका लागि दलहरूकै सहयोग आवश्यक हुने पनि उनले जानकारी दिए ।

‘उपकुलपतिसहितका सबै पदमा व्यवस्थापकीय क्षमता हेरेर नियुक्ति गरिनुपर्छ भन्ने मेरो मान्यता हो। पार्टीहरूले भीसीसहितका पदमा भागबन्डा गरेर पठाउने प्रवृत्ति बन्द हुनुपर्छ,’ उनले भने, ‘मेरो कुरा के हो भने मेरो आफ्नो टीम म आफैँले गठन गर्न पाउनुपर्छ। मैले नियुक्तिपत्र लिँदै गर्दा पनि प्रधानमन्त्रीलाई मेरो टीम म आफैँ बनाउन पाउँछु भने मात्रै काम गर्छु भनेको छु ।’

उनले अब त्रिविमा रजिष्ट्रार र रेक्टर पनि राजनीतिक भागबन्डाबाट भन्दा योग्य व्यक्ति नियुक्त गरिनुपर्ने अडान लिएका छन्। यदि त्यसो भएमा मात्रै त्रिवि सुधार गर्न सकिने सुनाए ।

उनले उपकुलपतिको अनुकुलमा काम गर्ने व्यक्तिहरू अन्य पदमा चाहिने बताएका छन्। उनले परीक्षा प्रणाली र एकाडेमिक क्यालेन्डर कार्यान्वयन गरेर शैक्षिक कार्यक्रमलाई विद्यार्थीले विश्वास गर्ने बनाउने पनि वाचा गरे ।

बरालले अब अरु पदमा पनि उपकुलपतिलाई सहयोग गर्ने क्षमतावान व्यक्ति दिनुपर्ने माग प्रधानमन्त्रीसँग आफूले गरेको पनि बताए। यसअघि आफूले राजनीतिक दबाब आउँदा पनि काम नगरिदिएको बताउँदै त्यहीकारण प्रधानमन्त्रीले विश्वास गरेर त्रिविको उपकुलपति बनाएको जानकारी दिए ।

‘म पोखरा विश्वविद्यालयमा पनि दलको हस्क्षेप हुँदैन भनेर मात्रै काम गरेको थिएँ। अहिले त्रिविमा पनि मैले राजनीतिक हस्तक्षेप नहोस् भनेको छु । म राजनीतिक रुपमा कतै लाग्दिनँ भनेको छु। प्रधानमन्त्रीले मलाई तपाईंको त्यही कुरा मन परेको हो भन्नुभयो’, उनले भने, ‘विश्वविद्यालयलाई सुधार गर्न प्रमुख राजनीतिक दलको सहयोग चाहिन्छ,’उनले भने,‘उपकुलपति विश्वविद्यालयको हाकिम होइन, म्यानेजर हो। भीसीले व्यवस्थापन क्षमता देखाएर विश्वविद्यालय सुधार गर्नु पर्छ ।’

बरालले कुनै दलमा विश्वास र आस्था राख्न पाइने तर विश्वविद्यालयको नेतृत्वमा आउने मान्छेले राजनीतिक पक्षधरता देखाउँदा समस्या हुने बताए । बरालले उपकुलपति जति राम्रो र सक्षम भए पनि एक्लैले विश्वविद्यालय सुधार सम्भव नहुने बताए। आफूले काम गरेको पोखरा विश्वविद्यालयमा राजनीतिक भागबन्डा गरेकाले उनीहरू दलतिरै उत्तरदायी भएको बताए । बरालले कुनै दलमा विश्वास र आस्था राख्न पाइने तर विश्वविद्यालयको नेतृत्वमा आउने मान्छेले राजनीतिक पक्षधरता देखाउँदा समस्या हुने बताए । बरालले उपकुलपति जति राम्रो र सक्षम भए पनि एक्लैले विश्वविद्यालय सुधार सम्भव नहुने बताए। आफूले काम गरेको पोखरा विश्वविद्यालयमा राजनीतिक भागबन्डा गरेकाले उनीहरू दलतिरै उत्तरदायी भएको बताए ।

बरालले राजनीतिक दलहरूसँगै उनीहरूका भ्रातृ संगठनका रुपमा विद्यार्थी नेताहरूको हस्तक्षेप पनि आफूले नस्वीकार्ने बताएका छन्। उनले वातावरण मिलेमा त्रिविको शिक्षाको अवस्थामा सुधार गर्ने बताए। त्रिविले गुमाउँदै गएको साख र विश्वास फर्काउन आफूले अबको चार वर्षमा काम गर्ने बताए ।

उनले विश्वविद्यालयको परीक्षा समयमा गराउने, नतिजा समयमा निकाल्ने, शैक्षिक वातावरणमा सुधार ल्याउने, समयअनुसार पाठ्यक्रम फेर्दै जाने र शैक्षिक क्यालेन्डर लागू गर्ने योजना पनि सञ्चारकर्मीलाई सुनाए । उनले आफूलाई लागेको कुनै पार्टीनिकटको ट्यागबारे बचाउ गरे ।

उनले बजारको मागअनुसारको पाठ्यक्रम त्रिविले पछिल्लो समय बनाउन नसकेको बताएका छन्। त्रिवि अहिले पनि नेपालको उच्च शिक्षामा अब्बल भए पनि अब यसको साख जोगाउनुपर्ने चुनौती रहेको उल्लेख गरे ।

खुला प्रतिष्पर्धाबाट छनोट भएर उपकुलपति बनेका उनी पनि माओवादीनिकट मानिन्छन् । तर आफू कुनै पनि दलको पछि लागेर, झन्डा बोकेर नहिँडेको उनले बताए । ‘मैले अहिलेसम्म कुनै दलको झन्डा बोकेर हिँडेको छैन। कुनै पनि दलको राजनीतिक कार्यक्रममा भाग लिएको छैन’, उनले शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग भने, ‘मैले अहिलेसम्म जानेको प्राज्ञिक काम हो। तर कुनै एक दलमा आस्था राख्न त पाइएला नि ! ’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT