अफगान राष्ट्रपति र अमेरिकी सेनाका कमाण्डर भेट, शान्ति वार्ताबारे छलफल

काबुल । अफगान राष्ट्रपति असरफ घानीसँग बुधबार अमेरिकी सेनाको केन्द्रीय कमाण्डका उच्च पदाधिकारीले भेटवार्ता गरेका छन् । अमेरिकी सेनाका कमाण्डर जर्नेल जोसेफ भोटेलले भेटवार्ता गरेकाे अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

 

सो भेटका क्रममा हालैका दिनमा अफगानिस्तानको शान्ति प्रक्रियाका विषयमा भइरहेका प्रगतिका बारेमा छलफल भएको थियो । 

 

उक्त कार्यालयले दिएको जानकारी अनुसार भेटका क्रममा अफगानिस्तान र अमेरिकाबीचको सम्बन्ध, शान्ति प्रक्रिया र त्यसका कारण उत्पन्न परिस्थितिका साथै अमेरिकी सेनाले अफगान सेनालाई गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी भएको थियो । 

 

त्यस अवसरमा अमेरिकी सेनाले अफगान सेनालाई उपलब्ध गराउँदै आएको र गराउने सैन्य सहायताका बारेमा कुराकानी भएको थियो । त्यसैगरी सैनिक सबलीकरणका बारेमा त्यस विषयमा कुराकानी भएको बताइएको छ । 

 

पछिल्लो समयमा अफगान शान्ति प्रक्रियाको बारेमा तयारी भइरहेको बताइएको छ । उक्त बैठकमा पनि अपगान राष्ट्रतिले कुराकानी गरेकाे समाचारमा जनाइएको छ । 

 

त्यस अवसरमा हालसम्म अफगानिस्तानमा सशस्त्र द्वन्द्वरत तालिबान समूहसँग शान्ति वार्ताका लागि भइरहेका पहल कदमीको बारेमा कुराकानी भएको बताइएको छ । 

 

उक्त शान्ति प्रक्रियालाई अमेरिकाले सघाएको छ । शान्ति प्रक्रियाका लागि अमेरिकाले गरेको प्रयासस्वरुप अफगान सरकार र तालिबान नेतृत्वबीच पनि एक पटक कुराकानी भएको थियो । 

 

तर त्यस विषयमा खास प्रगतिको बारेमा भने कुनै जानकारी आएको छैन । 


थप समाचार

मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

  • 12 minutes ago
मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी घरेलु लिग ला लिगाको उच्च गोलकर्ता बन्दै पीचीची अवार्ड पाएका छन् । उनले लिगको सबै खेल सक्दा कूल ३६ गोल गरे ।

महिनावारीका बेला पेट दुखेमा...

  • 49 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 1 hour ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।