Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थमाछापुच्छ्रे बैंकको फिनपोस कारोबारमा ध्वनिबाट सूचना पाइने

माछापुच्छ्रे बैंकको फिनपोस कारोबारमा ध्वनिबाट सूचना पाइने


काठमाडौँ । माछापुच्छ्रे बैंकले पोस मेसिनमा ‘इन्स्टान्ट पेमेन्ट नोटिफिकेसन’ प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको बैंकले दाबी गरेको छ ।

नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनिबाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो प्रविधिको सुरुवात गरेको हो ।

अब माछापुच्छ्रे बैंकका फिनपोस मर्चेन्टहरुले कार्ड, क्यूआर (नेपालपे वा फोनपे) र एम स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी मार्फत हुनेछ ।

‘यसले सेवाग्राही तथा मर्चेन्टमाझ कार्ड कारोबारप्रति लोकप्रियता एवम् विश्वासनीयता अझ बढ्नेछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजारभन्दा बढी फिनपोस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।’

अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखेर उक्त सेवा सजिलै जाडन गर्न सक्ने बैंकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजार साढे १९ अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड र र फाइनान्स फ्रेन्डबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका सहायक नायाव प्रमुख

ग्लोबल आईएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच सम्झौता भएको छ । भारतमा उच्च शिक्षाका लागि अध्ययन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु

सुनको भाउ तोलामा ६०० रुपैयाँले घट्यो

काठमाडौँ । आज बिहीबार सुनको भाउ घटेको छ । आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी

जेएमई र मनिग्राम इन्टरनेशनलबीच सम्झौता

काठमाडौँ । जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा

Techie IT