जब चीनबाट ४ लाख मानिसहरु अमेरिका पुगे !

एजेन्सी । अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म ९ हजार ६२० जनाको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या ३ लाख ३६ हजार भन्दा बढी पुगेको छ । विश्वभर सबैभन्दा बढी संक्रमितको संख्या भएको देश पनि अमेरिका हो । अमेरिकाले यो महामारीलाई राजनीतिक षड्यन्त्रको रुपमा व्याख्या गरेपछि चीनसँगको सम्बन्धमा तिक्तता आएको थियो । 

 

तर, जब पछि अमेरिका स्वयम नै यो महामारीबाट सबैभन्दा धेरै प्रताणित भयो आज चीनसँग नै अमेरिकाले सहयोग मागिरहेको छ । अमेरिकाले बेलैमा होस पु्याएको भए यो दुर्दशा नआउने अधिकारीहरु बताउँछन । केही महिना अगाडि अमेरिकामा छिटपुटमात्र कोरोना भाइरसको केशहरु बाहिर आएका थिए । 

 

तर, पछिल्लो समय एक दिनमै ३० हजारभन्दा बढी संक्रमितहरु देखिन थालेपछि अमेरिकामा भयावह स्थिति रहेको छ । न्युर्योक टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार चीनमा कोरोना भाइरस फैलिएको केही दिनपछि ४ लाख ३० हजार मानिसले अमेरिका उडान भरेका थिए । त्यतिबेला उनीहरुलाई कोरोना भाइरस फैलिएको ताजा जानकारी मिलेको थियो । 

 

तीमध्ये केयौँ यस्ता यात्रीहरु थिए जसले वुहानदेखि अमेरिका सिधा पुगेका थिए । अमेरिकाले चीनलाई प्रतिबन्ध लगाउनुपुर्व चीनका ११ राज्यबाट करिब १३०० उडान अमेरिकाका लागि भइसकेका थिए । ती व्यक्तिहरु अमेरिका पुगिसकेका थिए ।

 

रिपोर्टका अनुसार चीनका अधिकारीहरुले कोरोना भाइरस फैलिएको जानकारी गराएसँगै ४ लाख ३० हजार मानिसहरुले चीन छोड्दै अमेरिका पुगेका थिए । तीमध्ये ४० हजारक केही व्यक्तिहरु रहेका थिए जो अमेरिकाले प्रतिबन्ध लगाएको दुई महिनापछि पनि यात्रा गरिरहेका थिए  ।

 

रिपोर्टका अनुसार चीनबाट आएका मानिसहरुको चेकजाँच खासै गम्भीरताका साथ गरिएको थिएन । जनवरीमा यो भाइरसलाई चिनियाँ अधिकारीहरुले समेत ठुलो चासो दिएका थिएनन् । 

 

त्यतिबेला समेत चीनमा आउने र जानेको खासै चेकजाँच भएको थिएन । 

 

अमेरिकामा कोरोना भाइरसको प्रकोप बढेको बढ्यै छ । उता युरोपियन देशहरुले २७ अप्रिलसम्म लकडाउनको नीति अपनाएका छन् । 

 


थप समाचार

क्वारेन्टिनमै जन्मियो बच्चा !

  • 8 minutes ago
क्वारेन्टिनमै जन्मियो बच्चा !

दैलेख । दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् ।

रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

  • 33 minutes ago
रोनाल्डो र मेस्सीलाई पछि पार्दै रोजर फेडेरर बने सर्वाधिक कमाइ गर्ने खेलाडी

एजेन्सी । लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै रोजर फेडेरर फोर्ब्स पत्रिकाको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

  • 48 minutes ago
म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

बेनी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।