IIMS College

ISMT

HUB Education

मध्य अमेरिकी देशमा अमेरिकी सहायता कटौतीको विरोध

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । मध्य अमेरिकी देशहरुमा अमेरिकी आर्थिक सहायता कटौतीको अमेरिकी सरकारको निर्णयको व्यापक विरोध भएको छ ।

 

अमेरिकी सिनेटरहरुले अमेरिकी सरकारको यो निर्णयको विरोध गर्दै यसले ती देशहरुमा अमेरिकाको बदनाम मात्र भएका बताएका हुन् । 

 

यस्तो निर्णयको विरोधमा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको आलोचना भएको हो । ती सिनेटरहरुले विदेशमन्त्री पोम्पओको विरोध गरेका हुन् । 

 

कटौती गरिएको सहायतामध्ये कतिपय त महिला तथा बालबालिकालाई आवश्यक पर्ने सहायता पनि रहेकोमा त्यस्तो अत्यावश्यकीय सहायताको कटौती गरेर मध्य अमेरिकी देशहरुका अतिरिक्त बाहिरी विश्वमा पनि यसको विरोध भएको पाइएको उनीहरुको तर्क छ ।

 

अमेरिकी सरकारले हालैमात्र एलसाल्भाडोर, ग्वाटेमाला, होन्डुरसमा आफ्नो सहायता कटौतीको निर्णय गरेको थियो । 

 

उक्त निर्णयको अमेरिका भित्र पनि विरोध भइरहेका बेला त्यहाँका सिनेटरहरुले अमेरिकाका विदेश मन्त्रीको व्यापक मात्रामा आलोचना गरेका हुन् ।

 

सिनेटको वैदेशिक मामिलासम्बन्धी समितिमा डेमोत्र्mयाटिक दलका सिनेटरहरुले ट्रम्प प्रशासनको यो पछिल्लो निर्णयले अमेरिकी देशहरुप्रति अमेरिकाको नीतिको खिल्ली उडाएको बताएका थिए । 

 

उनीहरुले अमेरिकी ट्रम्प प्रशासनको यो निर्णय अमेरिकाकै लागि पनि प्रत्युत्पादक हुने धारणा समेत राखे । 

 

उनीहरुले भनेको थिए– यस्तो निर्णयले बाह्य विश्वमा अमेरिकाको इज्जत बढ्दैन बरु बेइज्जत हुन्छ, त्यसैले यस निर्णयमा अमेरिकी सरकारले पुनर्विचार नै गर्नुपर्छ । 

 

महिला र बालबालिकाका लागि आवश्यक रहेको यस्ता आधारभूत आवश्यकताका वस्तुहरुकै सहायताको कटौतीले हामीलाई निकै निराश तुल्याएको छ, उक्त समितिमा बोल्दै सिनेटरहरुले उक्त धारणा राखेका थिए । 

 

यस विषयमा अमेरिकी ट्रम्प प्रशासनले गएको अक्टोबर महिनामा नै आफ्नो धारणा राखेको थियो । 

 

ट्रम्प प्रशासनले मध्य तथा ल्याटिन अमेरिकी देशहरुप्रतिको धारणा राम्रो राखेको छैन । ती देशहरुहप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुदेखि नै विरोध गर्दै आएका थिए । 

 

सोही नीति बमोजिम नै हालैमात्र ट्रम्प प्रशासनले ती देशहरुमा विगत लामो समयदेखि प्रदान गर्दै आएको सहायतामा भारी मात्रामा कटौती गरेको घोषणा गरेको थियो ।


थप समाचार

डोजर मालिक मोटाए, मजदुरलाई सास्ती

  • 1 minute ago
डोजर मालिक मोटाए, मजदुरलाई सास्ती

जुम्ला । जुम्ला, सिञ्जा गाउँपालिका–३ की ५० वर्षीया विमला सार्कीले काँधमै भारी बोक्न थालेको करीब तीन दशक भयो । सिञ्जा गाउँपालिका–५ की विष्णुमाया बुढाले पनि ४० वर्षयता पिँठ्युमै भारी बोक्दै आएका छन् ।

रवीन्द्रको अधिकारीको त्यो अधुरो वाचा...

  • 7 minutes ago
रवीन्द्रको अधिकारीको त्यो अधुरो वाचा...

काठमाडौँ । “हामीले अघिल्लो दिन मन्त्रालयमै भेट्ने सल्लाह गरेका थियौँ’, म (योगेशकुमार भट्टराई) उहाँ (स्व रवीन्द्र अधिकारी)’ को प्रतिक्षामा थिए, भोलिपल्ट बिहीबार दिउँसो ४ः०० बजे मन्त्रालयमै भेट्ने कार्य

गृहयुद्धका अपराधीलाई सजाय दिने कानूनलाई अनुमोदन

  • 15 minutes ago
गृहयुद्धका अपराधीलाई सजाय दिने कानूनलाई अनुमोदन

एजेन्सी । एल साल्भाडोरको कङ्ग्रेसले बुधबार सन् १९८० देखि १९९२ को अवधिमा भएको गृहयुद्धमा भएका अपराधको छानबिन गर्ने र सजाय दिने कानूनलाई अनुमोदन गरेको छ, तर राष्ट्रपति नायिब बुकिलीले प्रस्तावित कानुनमाथ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

श्रीमतीले आफ्नै श्रीमानको हत्या गर्न रचेको डरलाग्दो षड्यन्त्र

श्रीमतीले आफ्नै श्रीमानको हत्या गर्न रचेको डरलाग्दो षड्यन्त्र

एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् । एक मिडिया रिपोर्टका अनुसार पुर्व पतिलाई मार्नु पुर्व उनले ४ घण्टासम्म सेक्स गरेकी थिइन् ।