आठ अर्वको लगानीमा एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्दै !

पोखरा । युवा व्यवसायी बिमल बसेलको अगुवाईमा पोखरामा दक्षिण एसियाकै उत्कृष्ट अपार्टमेन्ट बन्ने भएको छ । बसेलले पोखरा महानगरपालिका १८ सेदीमा ‘बि एण्ड बि लेक भ्यु रिसोर्ट अपार्टमेन्ट’ निर्माणको शुरु गरेका छन् ।

 

‘टाइम सेयरिङ’ अवधारणाबाट अपार्टमेन्ट निर्माण हुनेछ । ‘टाइम सेयरिङ अपार्टमेन्टका आफ्नैका विशेषता छन्,’ बसेलले भने,‘मैले २५ वर्ष पहिलेको सोच हो, जसले संसारभरका मानिसहरुलाई दोस्रो घरको याद दिलाउनेछ ।’

 

अपार्टमेन्टबाट फेवाताल, पोखराकाले लेकसाइड, शान्तिस्तुपा केबुलकारको दृश्य देखी गरेर ३६ रोपनी जग्गामा अपार्टमेन्ट बनाउन लागेको बसेलले जानकारी दिए । १८ तलाको अपार्टमेन्ट निर्माणका लागि ८ अर्ब रुपैयाँ लाग्ने उनले बताए ।

‘३ तलाको पार्किङ सहित १८ तलाको अपार्टमेन्ट निर्माण गर्ने छौ,’ उनले भने, ‘दुईवटा भवनमा गरि ४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गर्ने छौ।’

 

अपार्टमेन्ट भित्र २ वटा रेस्टुरेन्ट, २ वटा स्विमिङ पुल सुपरमार्केट, एटिएम, ट्राभल सुविधा, मनि चेञ्जर,

व्युटिपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्ट घर, फिल्म हल लगायतका आवश्यक सुविधा रहने बसेलले बताए ।

 

तीन वर्षमा निर्माण सम्पनन गर्ने लक्षय परियोजनाको छ । परियोजना निर्माण हुने स्थान सम्याउने काम सकिएको निर्देशक राम बसेलले जानकारी दिए । 

 

‘पोखरा अन्तराष्ट्रिय विमानस्थल बनिसक्दा आफूहरु पनि सेवाका लागि तयार गरिसक्ने छौ,’ बसेलले भने ।

‘सरकारले २० लाख पर्यटक ल्याउदा राख्नका लागि उपयुक्त स्थान समेत हुनेछ ।’अपार्टमेन्टका विशेषताहरु सेभेन स्टार स्तरको हुने उनले बताए । परियोजनाका अपार्टमेन्टको बुकिङसमेत सुरु भएको छ ।

 

१ करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्न सकिनेछ । प्रि लन्चिङको अवसरमा ५ प्रतिशत छुटको व्यवस्था गरेको बसेलले जानकारी दिए । केबुलकार भ्यु भएको भवनका अपाटमेन्टको १ करोड ३३ लाख र फेवा भ्यु भएको अपाटमेन्टको २ करोड ८९ लाख रुपैयाँ सम्म पर्ने उने बताए ।

 

परियोजनाको शनिबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रि लन्च गरेका छन् । 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 14 minutes ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 53 minutes ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 6 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।