अष्ट्रेलियाको क्यानबेरामा दुई व्यक्तिमाथि जानीजानी कोरोना भाइरस फैलाएको खुलासा

सिड्नी । अष्ट्रेलिया सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले क्यानबेरामा दुई व्यक्तिमाथि जानीजानी कोरोना भाइरस फैलाएको खुलासा गरेका छन् । उनले क्यानबेरामा भएको पत्रकार सम्मेलनमा नै उक्त कुराको खुलासा गरेका हुन् ।

 

जानीजानी स्वास्थ्यकर्मीलाई कोरोना भाइरस (कोभिड– १९) सारेमा र सोही कारणले गर्दा स्वास्थ्यकर्मीको ज्यान गएमा दोषीले आजीवन जेल सजायसम्म भोग्नुपर्ने बताएका छन् । उनले भने ‘कसैले जानीजानी स्वास्थ्यकर्मीलाई सङ्क्रमित गर्‍यो र ती स्वास्थ्यकर्मीको त्यसै घटनाका कारण ज्यान गएमा, दोषीले आजीवन जेल सजायसम्म भोग्नुपर्ने हुनसक्छ । चाहे त्यो बोलेर होस् वा उनीहरू माथि खोकेर, भाइरस सारिदिन्छु भनेर तर्साउने । कसैले उन्मुक्ति पाउँदैनन् ।’ य

 

जानीजानी नै केरोना सार्नु सार्वजनिक आपराधिक ऐन अन्तर्गत सबै राज्य तथा प्रदेशहरूमा अपराध ठहर हुने उनले बताएका छन् । 

 

सोही पत्रकार सम्मेलनमा मन्त्री हन्टले स्वास्थ्य सेवामा लागेकाहरूसँग आदरपूर्वक व्यवहार गर्न पनि आग्रह गरेका छन्। स्वास्थ्य कर्मीहरू माथि अभद्र व्यवहार, हमला वा धम्कीका मामलाहरूमा बढ्दै गएको भन्ने रिपोर्टहरू सार्वजनिक हुँदै गर्दा त्यस्तो कुरा बताएका हुन् । 

 

उनका अनुसार, त्यस्ता क्रियाकलापहरू मध्ये सबैभन्दा गम्भीर प्रकृतिका आपराधिक मामिलाहरूमा आजीवन कारावाससम्मको सजाय हुनसक्ने प्रावधान हाल विद्यमान छ।

 

अष्ट्रेलियामा हालसम्म ६ हजार १ सय ४ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ५१ जनाको मृत्यु भइसकेको छ ।


थप समाचार

'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

  • 1 minute ago
'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

एजेन्सी । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् ।

'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

  • 14 minutes ago
'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

एजेन्सी । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिय

ल्याटिन अमेरिकामा मात्रै एक करोड ४० लाख व्यत्तिमा खाद्यान्न् अभाव हुनसक्ने

  • 23 minutes ago
ल्याटिन अमेरिकामा मात्रै एक करोड ४० लाख व्यत्तिमा खाद्यान्न् अभाव  हुनसक्ने

एजेन्सी । ल्याटिन अमेरिकी क्षेत्रमा मात्रै कोरोना भाइरसका कारण झण्डै एक करोड ४० लाख मानिसमा खाद्य अभावको समस्या पर्नसक्ने अनुमान गरिएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।