अस्ट्रेलियाबाट हुने हुण्डी रोक्न सरकारले चाँढै कडा कदम चाल्ने

सिड्नी । अस्ट्रेलियाबाट हुने अवैध हुण्डी रोक्न नेपाल सरकारले चाँढै कडा कदम चाल्ने भएको छ । 

 

कार्यभार सम्हालेको पहिलो वर्षमा भएका कामहरुको विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राजदुत लक्की शेर्पाले अस्ट्रेलियाबाट हुने अवैध हुण्डीप्रति सरकार गम्भीर रहेको बताईन । पत्रकारहरुको प्रश्नको जवाफ दिंदै राजदुत शेर्पाले भनिन्, ‘यो विषयमा अर्थ मन्त्रालय निकै गम्भीर भएको पाएको छु । यो अवैध कार्य गर्ने जो कोही पनि दण्डित हुन्छ । यस विषयमा दुतावास अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको छ । हुण्डी रोक्न छिट्टै सरकारले कडा कदम चाल्छ ।’

 

अस्ट्रेलियाबाट वर्षेनी अर्बौं नेपाली रुपैयाँ अवैध बाटो हुँदै नेपाल पुग्न थालेपछि सरकार यस विषयमा गम्भीर बनेको हो । 

 

राजदुत शेर्पाले गतवर्ष जुन महिनामा अस्ट्रेलियाका लागि नेपाली राजदुतका रुपमा कार्यभार सम्हालेकी थिईन् । राजदुत शेर्पाले यो अवधीमा नेपाल र अस्ट्रेलियाबीच सम्बन्ध विस्तारमा निकै महत्वपूर्ण कदमहरु चालिएको बताएकी छिन् । पत्रकार सम्मेलनमा उनले भनिन्, ‘अस्ट्रेलियामा नेपाली दुतावास भवन निर्माणका लागि आफ्नै जग्गा खरिद्, नेपाल अस्ट्रेलिया संसदीय समूह गठन, काउरा महोत्सवमा नेपाल पाहुना राष्ट्रका रुपमा प्रस्तुत हुनु, महिला दिवस, एभरेष्ट डे, विद्यार्थीहरुको समस्या समाधानका लागि छुट्टै कमिटी गठन, महावाणिज्य दुतहरुसँगको बैठक लगायतका महत्वपूर्ण कामहरु पछिल्लो एक वर्षको अवधिमा भएका महत्वपूर्ण कामहरु हन् ।’ 

 

पत्रकार सम्मेलनमा राजदुत शेर्पाले अस्ट्रेलियामा हुने मानसिक रोगको जोखिम रोक्न नेपालमा नै स्वयं विद्यार्थी र अभिभावक गम्भीर हुन आवश्यक रहेको बताईन् ।

 

भिडियाे, 

 

 


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 8 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 8 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 9 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।