अल्बरी दुर्घटनाका गम्भीर घाइते पराजुलीको पनि मृत्यु

सिड्नी । अस्ट्रेलियाको अल्बरीमा सडक दुर्घटना परी गम्भीर घाइते भएका बलराम पराजुलीको मृत्यु भएको छ । अष्ट्रेलियास्थित नेपाली दूतावासले पराजुलीको निधन भएको पुष्टि हो । 

 

सोही दुर्घटनमा नेपाली आर्यन आचार्यको घटनास्थलमै मृत्यु भएको थियो । कारको अघिल्लो सिटमा बसेको आचार्यको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार गत २८ मार्चको बिहान करिब साढे सात बजे ह्युम हाइवेको मुलेनगन्ड्रा भन्ने ठाउँनजिक एउटा गाडी तीव्र गतिमा रूखसँग ठोक्किएर पल्टिएपछि आकस्मिक सेवालाई सूचित गरिएको थियो । गम्भीर घाइते पराजुलीलाई हेलिकोप्टरमार्फत् अस्पताल लगिएको थियो । 

 

पराजुलीको मृत्युप्रति दूतावासले फेसबुकमा एक पोष्ट गर्दै उपचार गराइरहेका पराजुलीको मृत्यु भएको जनाएको छ । साथै दूतावासले मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गरेको छ । दूतावासले नेपालमा रहेको परिवारका सदस्यहरुसँग सम्पर्कमै रहेको र शवलाई नेपाल पठाउने तयारीको प्रक्रियामा रहेको पनि दूतावासले जनाएको छ । साथै, उपचारमा सहयोग गर्ने अस्ट्रेलियका प्रहरी, चिकित्सकहरु, क्यानबेरा अस्पतालका सबै कर्मचारीप्रति धन्यवाद ज्ञापन गरेको छ ।

 

गत बिहीबार सिड्नीबाट अल्बरीतर्फ गइरहेको कार दुर्घटनाग्रस्त हुँदा पराजुली गम्भीर घाइते भएका थिए । उनी गम्भीर घाइते भएपछि द क्यानबेरा अस्पतालमा लगिएको थियो । उनको अल्बरी अस्पतालमा उपचार हुन नसकेपछि क्यानबेरा लगिएको थियो ।

 

अष्ट्रेलियामा डरलाग्दो कार दुर्घटनाः एक जना नेपालीको घटनास्थलमै मृत्यु,चारजना गम्भिर घाइते 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 3 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।