बङ्गलादेशको आमनिर्वाचनप्रति राष्ट्रसङ्घ र अमेरिकको चिन्ता

ढाका । बङ्गलादेशमा आइतबार हुन लागेको आमनिर्वाचनप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । निर्वाचनको हाल जारी अभियानका क्रममा भएका आन्दोलन तथा हिंसात्मक क्रियाकलापका कारण निर्वाचनको दिनमा पनि हिंसा बढ्नसक्ने आशङ्का बिहीबार संयुक्तराज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घले गरेका छन् । 

 

आइतबार हुन लागेको सो आमनिर्वाचनको विषयलाई लिएर आन्दोलन चर्किएको छ । सो आन्दोलनका कारण एक सय भन्दा बढी मानवअधिकारवादी पक्राउ परेका छन् । 

 

विपक्षीलाई प्रहरीले आक्रमण गरेको आरोप उनीहरूको छ । सरकारले सयौँ विपक्षीहरूलाई जेल हालेको भन्दै केही दिनयता आन्दोलन जारी राखेका छन् । निर्वाचन अघिको हिंसाका कारण अमेरिका र संयुक्त राष्ट्रसंघबाट यस प्रकारको चिन्ता व्यक्त भएको बताइएको हो । 

 

दक्षिण एसियाली यस राष्ट्रका प्रधानमन्त्री शेख हसिनाले आतइबार हुने निर्वाचनमा आफ्नो चोथौ कार्यकालको लागि आफ्नो दलको तर्फबाट चुनावी प्रचार गरेका थिए । 

 

बङ्गलादेशका प्रमुख विपक्षी नेत्री खालिदा जिया जेलमा रहेका छन् । उनले विर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने बताएका छन् । 

 

बङ्गलादेशको लागि अमेरिकी राजदूत एरल मिलरले चुनावी अभियानका क्रममा हुने हिंसामा विपक्षी पार्टीप्रति नै हिंसा लक्षित हुनसक्ने बताएका छन् । 

 

बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त केएम नुरुल हुदासँग भएको वार्ताको क्रममा मिलरले सो चिन्ता व्यक्त गर्नुभएको बताइएको छ । 

 

उनले प्रमुख निर्वाचन आयुक्तसँगको भेटका क्रममा यहाँका प्रमुख विपक्षी दलका कार्यकर्ताहरूलाई तारो बनाइएको र निर्वाचनका क्रममा पनि उनीहरूमाथि हिंसा हुनसक्ने अमेरिकी चासो आफूले उठाएको बताएका छन् । 

 

गएको दुई हप्तादेखि बङ्गलादेशमा जारी हिंसाबाट विपक्षीहरूलाई तारो बनाइएको पाइएको छ । सोही कारण नै अमेरिकाले यो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ । 

 

निर्वाचन प्रचारप्रसारको क्रममा जारी हिंसामा अल्पसङ्ख्यक र महिला उम्मेदवारसमेत पीडित भएको मिलरद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ । 

 

आक्रमणहरूमा प्रायः विपक्षी पार्टीका सदस्यहरू नै पीडित भएका समाचारहरू आइरहको छन् । निर्वाचनको दिनमा सुरक्षा व्यवस्थाको विषयमा पनि मिलरले प्रमुख आयुक्तलाई प्रश्न गरेको बताइएको छ । 

 

अमेरिका र संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशका प्रत्येक व्यक्तिलाई धाकधम्की या हिंसारहित एवम् स्वतन्त्र रुपमा मतदान गर्न आग्रह पनि आग्रह गरेका छन् । 

 

उता जेलमा रहेकी विपक्षी नेत्री खालेदा जियाले वर्तमान सरकारले गराउन लागेको यस आमनिर्वाचन निष्पक्ष रुपमा सम्पन्न होला भन्नेमा आफ्नो विश्वास नरहेको बताएकी छिन्। 


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 3 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 3 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 3 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।