IIMS College

ISMT

HUB Education

केन्टमा बेलायतका भार्सेलीहरुको भेला

  • बिहीबार, १६ जेष्ठ, २०७६
  • 6 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । गुल्मी जिल्लाको भार्सेबाट आएका बेलायतबासी भार्सेलीहरुको समाज ‘भार्सेली समाज यूके’ले वार्षिक भेला सम्पन्न गरेको छ ।

 

समाजका अध्यक्ष छत्र श्रीसको सभापतित्व गत मे २५ मा केन्ट, आस्फोर्डमा सम्पन्न कार्यक्रम सचिव बिन भुजेलले गरेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि समाजका संस्थापक अध्यक्ष क्याप्टेन रिटायर्ड मेख गलामी , विशेष अतिथि गुल्मी जिल्ला समाजका संस्थापक अध्यक्ष एवम ट्रस्टी ओम थापा काउचासहितका अतिथिहरु उपस्थित थिए । 

 

त्यसअवसरमा समाजका  उपाध्यक्ष गिरी पुनले स्वागत मन्तव्य राख्दै  सम्पुर्ण अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए । 

 

 

कार्यक्रममा बेलायतमा विभिन्न गौरव गर्न लायक उपलब्धी हासिल गर्ने नवयुवाहरुलाई सम्मान गरिएको थियो । त्यसक्रममा जिसिएसईमा उत्कृष्ट नतिजा ल्याउन सफल ओम थापा काउचा र श्रीमती पार्वती थापा काउचाकी छोरी सुश्री ओशिन थापा काउचा सम्मानित भइन् ।

 

त्यसैगरी,  नवविवाहित दम्पतीहरुलाई बधाई ज्ञापन गर्दै समाजका लागि विभिन्न योगदान तथा सहयोग गर्नेहरुलाई समेत सम्मान गरिएको थियो ।

 

सोहि अवसरमा भार्सेली समाज युके आमा समूहकी अध्यक्षले समुहले वर्षभरी गरेका गतिविधि तथा कामको विवरण प्रस्तुत गरेकी थिइन् । साथै संस्थाको गतिविधि र समिक्षा छलफल गर्दै आउँदा दिनमा समाजका गतिविधिहरु कसरी सक्रिय रुपमा अगाडि बढाउँदै लैजाने भन्नेमा छलफल गरिएको थियो ।

 

 

समाजले स्थापनाकालदेखि आफ्नो जन्म गाउँको विकासका निम्ति उल्लेखनीय कामहरु गर्दै आएको छ । विशेषत भार्सेको तिव्र विकासका लागि विशेष गरेर पुराना ऐतिहासिक थलोहरुको सम्वद्र्धन, संरक्षण र पुननिर्माण, वैज्ञानिक कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विभिन्न चरणमा सहयोग गर्दै आएका छन् । साथै निकट भविष्यमा पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्दै भार्सेलाई उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउनका लागि सहयोग गरिने पनि सचिव बिन भुजेलले बताए ।

 

सोहि अवसरमा समाजले गुल्मीको सत्यवती गाउँपालिका लिम्घाका २७ वर्षीय शिव सिंजाली मगरको उपचारका लागि आर्थिक सहयोग गरेको छ । भर्खर २७ टेकेका युवा मगर केही गरौं भन्ने उमेरमा भिरबाट लडेर मेरुदण्ड भाँच्चिएपछि उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका थिए ।

 

मगरकी श्रीमती इन्द्राले ६ महिनाको छोरा काखमा लिएर सबैसँग हार गुहार गरिरहेको अवस्थामा गुल्मी जिल्ला समाज युके र लिम्घावासीको पहलमा अर्थ संकलन अभियान चलाएको थियो ।

 

 

त्यस अभियानमा साथ दिँदै भार्सेली समाजबाट २००, भार्सेली आमा समुह यूकेबाट १०० गरेर जम्मा ३०० पाउण्ड सिंग्जालीको उपचारका लागि सहयोग गरिएको छ ।

 

समाजले सत्यवती ८ भार्से चम्लागैरा निवासी विपन्न तथा दयनीय दलित परिवारका ८० वर्षीया वृद्धा गौरी विक, ७५ वर्षीय लाल बहादुर विक र ७० वर्षका विष्णु विकलाई आर्थिक सहयोग गर्ने माध्यमको खोजीमा रहेको र त्यसको व्यवस्था हुनासाथ केही रकम सहयोग गरिने पनि समाजका अध्यक्ष छत्र श्रीसले बताए ।।

 

सोहि अवसरमा संस्थाका संस्थापक पदाधिकारीहरु, संस्थापक अध्यक्ष र वर्तमान उपाध्यक्ष क्याप्टेन कुल बहादुर राना लगायतबाट बेलायत भ्रमणमा रहेकी श्रीमती राधा रानालाई स्वागत गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

 

त्यस्तै गोर्खा क्याटरिङ रेष्टुरेण्टका स्वादिष्ट परिकारहरुसंगै गुल्मी भार्सेलीहरुको ठाडो भाकासहितको सांगीतिक प्रस्तुतिले सहभागी सबैलाई केहीक्षण गाउँघरतिरै पुर्याएको थियो । साथै स–साना नानीहरुको प्रस्तुति पनि निकै रमाइलोे थियो ।

 

यस वर्षको कार्यक्रमको संयोजन संयोजकद्धय अमर दर्लामी र भिष्म शाहीले गरेका थिए । उक्त अवसरमा बेलायतभरका भार्सेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 


थप समाचार

लोडसेडिङ अन्त्य गरेबापत कुलमान घिसिङलाई दिइयो ‘नाष्ट प्रविधि पुरस्कार’

  • 6 minutes ago
लोडसेडिङ अन्त्य गरेबापत कुलमान घिसिङलाई दिइयो ‘नाष्ट प्रविधि पुरस्कार’

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार प्रदान गरेको छ ।

मन्त्री गुरुङ – खानेपानी ट्याङ्की अवलोकन

  • 9 minutes ago
मन्त्री गुरुङ – खानेपानी ट्याङ्की अवलोकन

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ स्थित राङरुङ खानेपानी आयोजनाको ट्याङ्की अवलोकन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ । विसं २०७२ को भूकम्पपछि उक्त खानेपानी ट्याङ्की बन्द अव

प्रदेशभरि सरसफाइ अभियान सञ्चालन गरिने

  • 14 minutes ago
प्रदेशभरि सरसफाइ अभियान सञ्चालन गरिने

विराटनगर । ‘सिङ्घिया खोलाको सफाइ अभियान, हामी सबैको शान’ प्रमुख नाराका साथ आजबाट सरसफाइ अभियान शुरु भएको छ । सो अभियान प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले अगुवाइ तथा विराटनगर महानगरपालिकाको साझेद



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

समयमै बचौँ है पिनासबाट !

समयमै बचौँ है पिनासबाट !

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।

विचित्र विश्व

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।