गृहपृष्ठ ∕ खेल ∕ सेनेगलले ब्राजिललाई हरायोसेनेगलले ब्राजिललाई हरायो नेपालीपत्र बुधबार, २०८० असार ६ गते, ०७:१४ मा प्रकाशित खेल एजेन्सी । मैत्रीपूर्ण फुटबलमा ब्राजिलले हार बेहोरेको छ । गएराति भएको खेलमा ब्राजिल सेनेगलसँग ४–२ गोलले स्तब्ध बनेको हो ।पोर्चुगलको लिस्बनमा भएको खेलमा सुरुवाती अग्रता भने ब्राजिलले लिएको थियो । ११ औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका हुन् ।२२ औं मिनेटमा हबिब दियालोले गोल गर्दै सेनेगललाई १–१ को बराबरीमा ल्याए । ५२ औं मिनेटमा ब्राजिलका मार्किन्होसले आत्मघाती गोल गर्दा सेनेगल २–१ ले अघि बढ्यो । ५५ औं मिनेटमा साडियो मानेले गोल गर्दै सेनेगललाई ३–१ ले अघि बढाए ।५८ औं मिनेटमा मार्किन्होसले गोल गर्दै बाजिललाई २–३ को स्थितीमा ल्याउँदै खेललाई फर्काउने कोसिस गरे । तर, ९०+७ मिनेटमा मानेले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौंथो गोल गर्दै सहज जित दिलाए । #ब्राजिलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपालले २ रजत र ४ कास्य…काठमाडाैँ । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली…काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ टोलीसँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्योकाठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणाकाठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङधेरै पढिएका खबर १ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित ७ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशुThe Film Nepal