एक महिनादेखि बिग्रियो बायोग्यास प्लान्ट

  • मंगलबार, १५ साउन, २०७५
  • 1 year ago
  • नेपाल

काठमाडौँ । दुई वर्षदेखि काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्दै आएको बायोग्यास प्लान्ट अहिले बिग्रिएको छ ।  जैविक फोहरको उचित व्यवस्थापन गर्र्न २०७३ कात्तिकदेखि कामपा वातावरण व्यवस्थापन महाशाखाले टेकुमा उक्त प्लान्ट सञ्चालन गर्दै आएको थियो । अहिले उक्त प्लान्ट एक महिनादेखि बन्द भएको छ । 

 

विभागका प्रमुख हरि कुँवरका अनुसार अहिले प्लान्ट बिग्रिएको छ, सञ्चालन गर्नका लागि भारतमा सामान ल्याउनका लागि प्रतिनिधि पठाइएको छ । अबको एक साताभित्र मर्मतको सामग्री आइसक्ने र पुनः ग्यास निकाल्ने काम शुरु हुनेछ । 

 

कामपाका वडा नं २१, १२, १९ र २० मा संकलन गरी छुट्याइएको कुहिने फोहरबाट दैनिक ६०० टन फोहर प्रयोग गरी बायोग्यास निकालिँदै आएको थियो । यहाँबाट निकालिएको बायोग्यास कामपाको कार्यालयमा प्रयोग हुँदै आएको छ । 

 

बायोग्यास प्लान्ट राख्न युरोपेली संघकोे ८० र कामपाको २० प्रतिशत लगानी भएको थियो । यसलाई पहिलोे नमूना परियोजना रुपमा लिएको कामपाले सफल भएमा अन्य स्थानमा पनि विस्तार गर्ने भने पनि हालसम्म कामपाभित्र अन्यत्र कतै पनि यस किसिमको योजना शुरु भएको पाइँदैन । 

 

कामपामा कुहिने र नकुहिने गरी दैनिक ५०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । काठमाडौँ उपत्यकाबाट एक हजार मेट्रिक टन फोहर निष्कने छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक छ । करीब एक महिनादेखि उपत्यकामा थुप्रिएको फोहर एक हप्ता पहिले मात्र व्यवस्थापन गरेर सकिएको छ । 

 

काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिका, महानगरपालिकाको फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलमा अब फोहर राख्ने स्थान छैन । तीन महिनापछि पुनः उपत्यकामा फोहर थुप्रनेमा कुनै शंका नभएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवाली भन्छन् ।

 

 सिसडोलमा फोहर राख्नका लािग आजभन्दा १२ वर्ष अघि दुई वर्षसम्मको लागि भन्दै सहमति भए पनि हालसम्म फोहर व्यवस्थापन गरिँदै आएको छ । 

 

 


थप समाचार

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 9 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

  • 20 minutes ago
काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

  • 24 minutes ago
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।