चाम्सको रून्चे पारा : चलचित्र नचलेपछि समीक्षकलाई दोष !

काठमाडौँ । चलचित्र ‘वीरविक्रम २’ समीक्षा गरेकै आधारमा पक्राउ परेका कमेडियन प्रनेश गौतमको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । प्रदर्शनमा फिल्म नचलेपछि समीक्षकलाई दोष दिने निर्देशक मिलन चाम्स र पक्राउ गर्ने प्रहरीको आलोचना गरिएको छ ।  

 

प्रहरी हिरासतमा रहेका प्रनेशले भिन्न पारामा चलचित्र ‘वीरविक्रम २’ को भिडियो समीक्षा गरेका थिए । तर, चलचित्रका निर्देशक मिलन चाम्सले उनीविरुद्ध प्रहरीमा उजुरी गरेपपछि प्रहरीले गौतमलाई हिरासतमा राखेर साइबर क्राइम अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ ।

 

मिम नेपालका सञ्चालक समेत रहेका प्रनेशले गरेको समीक्षाले व्यापारमा घाटा परेको भन्दै चाम्सले गौतमविरुद्ध उजुरी दर्ता गरेका थिए । तर, व्यंग्यात्मक शैलीमा वीर विक्रम चलचित्र राम्रो छैन भन्दैमा गौतमलाई गिरफ्तार गरिनु आपत्तिजनक भएको भन्दै सर्वसाधरणहरू विरोधमा उत्रिएका छन् ।

 

नेपाली कांग्रेस नेता एवं सांसद गगन थापाले उनको गिरफ्तारीको विरोध ट्वीटरमा एक पोष्ट गर्दै गौतमलाई नेपाल प्रहरीद्वारा साइबर अपराधमा पक्राउ गरिनु दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ भएको बताएका छन् ।

 

 

त्यस्तै, नागरिक अगुवा कनकमणि दिक्षितले ठट्यौली फिल्म रिभ्यूकै आधारमा गौतम पक्राउ पर्नु अनर्थको पराकाष्टाको संज्ञा दिएका छन् । यसले हाम्रो सामाजिक यात्राको दिशाको संकेत समेत दिएको उनको भनाई छ ।

 

मिम नेपाल सामाजिक सञ्जाल फेसबुकमा लोकप्रिय मनोरञ्जनात्मक फेसबुक पेज हो । पछिल्लो समय यसले विभिन्न चलचित्रहरूको प्रचारप्रसारमा सहकार्य समेत गर्दै आइरहेको छ । हँस्यौली–ठट्यौली रूपमा चलचित्रको प्रचारप्रसार गर्दै आइरहेको मिम नेपालले ‘वीर विक्रम २’को प्रवर्द्धनमा समेत सहयोग गरेको थियो । 

 

केही समयअघि मिम नेपालले ‘वीर विक्रम २’मा मूख्य अभिनय गरेका नाजिर हुसेन र वर्षा शिवाकोटीलाई आफ्नो युट्युब च्यानलको अन्तर्वार्ता कार्यक्रममा प्रस्तुत गरेका थिए । चलचित्रमा प्रदर्शनमा आइसकेपछि भने यसले अपेक्षित व्यापार गर्न सकेन । 

 

चलचित्रले अपेक्षित व्यापार गर्न नसकेको तोडमा रहेका निर्देशक चाम्स मिम नेपालमा प्रनेश गौतमले ठट्यौलीपूर्ण पारामा गरेको समीक्षा देखेपछि क्षुब्ध हुन पुगे । सोही कारण उनले गौतमविरुद्ध उजुरी गरेको टिप्पणीहरू यतिबेला भइरहेको छ ।

 

प्रनेशको रिहाइको माग गर्दै सामाजिक संजालमा ह्यासट्या ‘फ्रि प्रनेश गौतम’ क्याम्पियन समेत चलेको छ । यसमा विश्वका चर्चित कमेडियनहरूले पनि साथ दिएका छन् । अमेरिकन कमेडियन ली क्याम्प (रिडाक्टेड)ले प्रनेशको रिहाइको माग गर्दै एक ट्वीट गरेका छन् ।

 


थप समाचार

क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

  • 1 hour ago
क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमा

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 1 hour ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 2 hours ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।