यी अभिनेत्री जो बलिउडमा धेरै पटक बलात्कारको शिकार भइन्

Education Park

एजेन्सी । बलिउड विश्वमै नम्बर एक चलचित्र उद्योग हो । जहाँ हरेक विद्यामा चलचित्र निर्माण गरिन्छ । १९६०–७० को दशकमा समाज र सामाजिक उत्पीडन तथा यौन हिंसाका विषयमा निकै चलचित्रको निर्माण भएको थियो ।

 

यस्ता चलचित्रहरुमा सामाजिक रुपमा हुने अन्याय र अत्याचारको सीन निकै देखाइन्थ्यो जसमा अभिनेत्री नजीमाको निकै माग हुने गथ्र्यो ।

 

चलचित्रमा उनलाई धेरैजसो अभिनेताको बहिनी वा अभिनेत्रीको साथीको भूमिकामा राखिन्थ्यो । र चलचित्रमा उनीमाथि बलात्कार भएको सीन देखाइन्थ्यो । सुन्दर र निर्दोष अनुहारको कारण उनलाई निर्देशकहरु अभिनेताको बहिनीको भूमिकामा निकै रुचाउँथे ।

 

नजीमाको जन्म महाराष्ट्रको नासिकमा १९४८ मा भएको थियो । शुरुवातमा नजीमाले बाल कलाकारको रुपमा चलचित्रमा काम गरिसकेकी थिइन् ।

 

 

१९६० देखि ७० को दशकमा चलचित्रमा बलात्कारको सीनका लागि उनलाई लिने गरिन्थ्यो । यति सम्म कि चलचित्रमा पूरा सीन बलात्कारको सीनमा टिकेको हुन्थ्यो । बलात्कारको सीन गर्दा गर्दा उनलाई ‘रेप रानी’ उपनाम समेत राखिएको थियो ।

 

अभिनेताको बहिनीको रोल गर्दा गर्दै उनलाई ‘बलिउडकी बहिनी’ उपनाम पनि दिइएको थियो ।

 

नजीमाले निशान (१९६५), राजेन्द्र कुमारसँग फिल्म आरज़ू (१९६५), दिल्लगी,(१९६६), तमन्ना (१९६९), अनजाना (१९६९) जस्ता फिल्ममा काम गरिन् । फिल्ममा उनलाई धेरैजसो अभिनेताको बहिनीको भूमिका नै धेरै दिइयो । उनले १९७२ मा फिल्म ‘बेईमान’ मा दिएको दमदार अभिनयका कारण उनलाई फिल्म फेयर अवार्डबाट पनि सम्मान गरिएको थियो । उनको अन्तिम फिल्म ‘लब एण्ड गाँड’ उनको मृत्युपछि मात्र रीलीज भएको थियो ।


थप समाचार

कारबाहीमा परी ८ जना तालिबान लडाकू मारिए

  • 2 seconds ago
कारबाहीमा परी ८ जना तालिबान लडाकू मारिए

एजेन्सी । देशको दक्षिणी प्रान्त हेलमान्डमा अफगान सेनाले शुरु गरेको कारबाहीको क्रममा कम्तीमा आठ तालिबान लडाकू मारिएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ ।

दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

  • 3 minutes ago
दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

एजेन्सी । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ ।

कट्रिना कैफका सबैभन्दा ठुला विवादहरुः बिकिनी काण्डदेखि सलमान खानको झापडसम्म

  • 21 minutes ago
कट्रिना कैफका सबैभन्दा ठुला विवादहरुः बिकिनी काण्डदेखि सलमान खानको झापडसम्म

बलिउडकी सुन्दरी अभिनेत्री हुन् कट्रिना कैफ । मंगलबारबाट ३६ वर्षमा टेकेकी उनको जन्म सन् १९८३ जुलाई १६ मा हङकङमा भएको थियो । उनले लण्डनमा नै आफ्नो मोडलिङ सुरु गरेकी थिइन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।