जब बुबाको चिठी पढेर रोइन् दीपिका पादुकोण...

मुम्बई । बलिउडमा पछिल्लो समय निकै आकर्षक छवी बनाएकी अभिनेत्री हुन् दीपिका पादुकोण । पछिल्लो समयका  ‘पिकू’, ‘बाजिराव मस्तानी’ ‘पद्मावत’ जस्ता फिल्मा कारण चर्चाको शिखरमा पुगेकी छिन् ।  

 

अझै स्टारडमको छवि बनाउँदै गरेका अर्का अभिनेता रणवीर सिंहसँगको उनको जोडी सफलताको बाटोमा छ । यस्तैमा बलिउडकर्मीहरुको महत्वपूर्ण मेलाको रुपमा चिनिने फिल्म फेयर–२०१६ मा समेत ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड पाएकी थिइन् दीपिकाले ।

 

सन् २०१५ मै बनेको फिल्म ‘पिकू’ को लागि उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन् । यसबाहेक हलिउड स्टार भिन डिजेलको साथमा हलिउडमा डेब्यु गरेको खबरले पनि उनको करिअरलाई थप सफल बनाएको छ ।

 

फिल्म फेयरमा उत्कृष्ट अभिनेत्रीको अवार्ड लिने क्रममा उनले जे गरिन् बलिउडमा त्यसको निकै चर्चा भएको छ । दीपिकाले स्टेजमा उक्लिएर अवार्ड मात्रै थापिनन् । सो क्रममा उनले आफ्ना बावुको चिठी समेत मन्तब्यको क्रममा प्रस्तुत गरिन् । र माहोल यस्तो बन्यो की सबै भावुक भए । दीपिका भने आँशु झारेरै रोइन् ।

 

पछिल्लो समय भारतीय सञ्चारमाध्यमहरुमा दीपिकाको हलिउड यात्रा सँगै फिल्म फेयर अवार्डको समाचार पनि प्रमुख बन्दैआएको छ । प्रकासले चिठीमा भनेका थिए, ‘उनी लिडिङ एक्टर हुन् । तर, अभिभावकका लागि पहिले छोरी नै हुन् ।’

 

दीपिका आफ्ना बावुलाई प्रेरणाको स्रोतको रुपमा मान्ने गरेको पनि उनको पछिल्लो प्रस्तुतीले देखाएको छ । यतिसम्म की, प्रकासको बिस्तृत चिठीलाई दीपिकाले आफ्नो फेसबुकमा समेत पोष्ट गरेकी थिइन् ।


थप समाचार

आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

  • 14 minutes ago
आठौँ राष्ट्रिय खेलकुदः खेलाडीलाई चाउचाउको भर

दाङ । खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको

नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

  • 18 minutes ago
नेपाली भूउपग्रह अन्तरिक्ष कक्षमा पुग्यो

काठमाडौं । नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सु

संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

  • 20 minutes ago
संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

काठमाडौं । संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०७ गते । शनिबार । ईश्वी सन् २०१९ अप्रिल २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि प्रतिपदा, २४ घडी ५४ पला, दिउसो ०३ बजेर ३५ मिनेट उप्रान्त द्वितीया । नक्षत्र स्वाती, ३४ घडी २९ पला,बेलुकी ०९ बजेर २५ मिनेट उप्रान्त विशाखा ।