Techie IT
२०८१ वैशाख १४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘पापी मान्छे–३’ निर्माण हुँदै, मुख्य पात्र चिम्पान्जी

‘पापी मान्छे–३’ निर्माण हुँदै, मुख्य पात्र चिम्पान्जी


काठमाडौँ। चलचित्र निर्माता राजकुमार राईले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। उनले ‘पापी मान्छे–३’ निर्माणको घोषणा गरेका हुन्।

‘पापी मान्छे–३’मार्फत राजकुमार ६ वर्षपछि चलचित्र निर्माणमा फर्किन लागेका हुन्। उनले ६ वर्ष अगाडि ‘वान वे’ निर्माण गरेका थिए।

“हाम्रो सिनेमाको मुख्य पात्र चिम्पान्जी हो,” निर्माता राजकुमार राईले भने।

चलचित्रलाई जनकदीप पराजुलीले निर्देशन गर्नेछन्। उनले एक दशकभन्दा लामो समयपछि निर्देशन गर्न लागेका हुन्। उनका अनुसार एनिमल राइट्सका कारण कुनै पनि जनावरलाई सिनेमामा खेलाउन नपाइँदैन। “एनिमल राइट्सका कारण चिम्पान्जीलाई खेलाउन नपाएपछि हामी चिम्पान्जीका लागि भीएफएक्सको प्रयोग गर्नेछौँ,” जनकदीपले भने, “यसका लागि हामी नेपालभित्र र बाहिरका भीएफएक्सको काम गर्ने कम्पनीसँग छलफल गरिरहेका छौँ।”

नेपालबाहिरका कलाकार पनि चलचित्रमा रहने उनले जानकारी दिए। यो वर्ष छायांकन हुने चलचित्र अर्को वर्ष रिलिज हुने निर्देशक पराजुलीले बताए।

चलचित्रमा को–को कलाकार रहनेछन् त्यो भने उनले खुलाउन चाहेनन्। सिनेमाको स्क्रिप्ट लेखन कार्य भइरहेको उनको भनाइ छ। टेक्निकल सिनेमा भएकाले लेखनमा केही समय लाग्ने उनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौँ । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्

सुरज पण्डितले ल्याए ‘रातो किताब’

काठमाडौँ । म्यूजिक भिडियो रेलको बाटोको सफलतासँगै लोकप्रिय बनेका गायक सुरजले तीन वर्ष पछि अर्को कर्णालीकै कथा ब्यथामा आधारित रातो

कृष्ण विकको ‘निरमाया’ सार्वजनिक

काठमाडौँ । गायक कृष्ण विकले नयाँ गीत ‘निरमाया’ सार्वजनिक गरेका छन् । गीतमा विकले गायिका स्मिता दाहालसँग स्वर दिएका छन्

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

Techie IT